Pages

December 4, 2011

हासो मजाक

पढेका सुनेका केही नेपाली जोक्सहरू तपाइका लागी...............

कालेले पुलिसको जागिर पाएछ अनि यस्तैमा एकदिन राती उसकै घरमा चोर आएछन् ।
कालेको श्रीमती आत्तिदै..ए हजुर उठ्नु न । घरमा चोर पस्यो ।
कालेः पस्न दे । म अहिले डिउटीमा छैन ।
......................................................................

प्रेमि : तिमि बिहे पहि आफ्नो लागि छुट्टै घर त माग्दिनौ नि ?
प्रेमिका : अहँ म तेस्ति खाल्कि केटि होईन बरु तिम्रो आमा र बाबुलाई छुट्टै घर बनाईदेउन ।
..............................................................

रामे- मेरो पत्नी सधैं लगाउने कपडा छैन् भनेर गुनासो गर्छे।
श्यामे- के तिमीले कपडा किनिदिएनौ त?
रामे- छैन, बरु पर्दा किनि सबै झयालहरुमा लगाई दिए।।।
...................................................................

दुई ड्राईभरबीच कुराकानी
पहिलो: तिम्रो गाडीको नाम के हो ?
दोश्रो: अँ... मैले त भुलेँ यार, तर... टि बाटै स्टार्ट हुन्छ ।
पहिलो: हो र ! मेरो त पेट्रोलबाट स्टार्ट हुन्छ ।
........................................................
 
छोरो: आमा सत्य र विश्वाशमा के फरक छ?
आमा: बाबु तिमी मेरो छोरो हो, यो सत्य हो। तिमी तिम्रो ड्याडिको छोरो हो, यो चाँही विश्वाश हो।
............................................
पति पत्निलाई गालि गर्दै
पति :   पागल्नि
पत्नि : ठिकै त हो नि यदि मेरो विहे डक्टरसँग भएको भए म डक्टर्नि हुन्थेँ ।
.......................................
शहरको सानो झुप्रोमा बुढा बुढी बस्थे बुढोले जुँगा दारि पालेको थियो l एकदिन बुढो चाही शहरमा गएछन् र जुँगा दारि काटेर आएछन् र स्वास्नीले थाहा नपाउने गरि आँखा छोपेछन् । बुढीलाई के थाहा लोग्ने हो भनेर उनले भनिछन् ...अँ नगर्नु होस न लोग्ने आउने बेला भयो ।
.................................................
तीनजना साथी आ-आफ्नो पत्नीका बारेमा कुराकानी गरिरहेका थिए।
पहिलो-मेरी पत्नी यति मोटी छे कि ऊ टागामा बसि भने टागाको चक्का नै भाचिन्छ।
दासो्- मेरी पत्नी यति धेरै मोटी छे कि यदि ऊ रिक्सामा बस्न गई भने रिक्साबालाले उसलाई बसाउन इन्कार गर्छ।
तेसो्- मेरी पत्नी यति मोटि छे कि म धोबीकोमा उसको पेटीकोट सफाई गर्नका लागि गएको थिए तब धोबीले भन्यो कि यहाँ टेन्ट सफाई गरिदैन।
...........................................
प्रेमी-प्रेमिका बीचमा झगडा भएर Breakup भएपछि :
Boy:-
बस, ट्रेन अनि केटी उस्तै-उस्तै हुन्, एउटा गए अर्को आउँछ !
Girl:-
रिक्सा, ट्याक्सी अनि केटा उस्तै-उस्तै हुन्, एउटा बोलाए चार वटा आउछन
......................................................
अमेरिका मा बस्ने हरिले नेपालमा बस्ने रामलाई फोन लगाएर गफ ठोक्न थालेछ ..
हरि : ओइ! राम, तँ रिहाना लाई चिन्छस् ?
राम : नाइँ चिन्दिन, को हो र ?
हरि : कहिलै English गीत हेरेको भए पो चिन्थिस् यहाँ को singer भनेर... अनि पामेला लाई चिन्छस् ?
राम : नाइँ चिन्दिन, को हो र ?
हरि : कहिलै English Film हेरेको भए पो चिन्थिस्, यहाँ को बबाल सेक्सी हिरोनी हो.. साले कुवाको भ्यागुतो, क्यै थाहा छैन तँलाई त !!
हरिको कुरा सुनेर रामलाई झनक्क रिस उठ्यो...
राम : हरि तैँले हाम्रो गाउँको श्याम लाई चिन्छस् त ?
हरि : नाइँ चिन्दिन, को हो र ?
राम : कहिलै गाउँ बसेको भए पो चिन्थिस् त ! अचेल तेरी स्वास्नी उसै सँग पल्केकी छ
.....................................................
बिवाह भएको २० बर्स पछिको एक रात बुढा रोइराखेको रहेछ।
बुढी: किन रुनु भएको ?
बुढा: आतित् को याद आयो, त्यसैले ।
बुढी: कति बेला को ?
बुढा: २० बर्स पहिले हाम्रो विवाह नहुँदा तिमी र मलाइ तिम्रो बाउले भेटेर मेरो टाउकोमा बन्दुक् राखेर भनेकोथ्यो नि - "मेरी छोरीलाई बिहा गर्छस् कि २० बर्स जेल पुर्याइदिउँ ?" आहिले सम्झिरहेको छु जेल गए भए त आजको मितिमा जेलबाट छुट्ने दिन हो, आजबाट म कति स्वतन्त्र हुन्थें होला, तिमीलाई रोजेर जिन्दगीभर बन्दी भएँ ।
.................................................

No comments:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।