कविता, तिमी र म
छाति तिम्रो बिशाल छ, मान्छे मात्रै सानी
मेरै हात समाइदियौ, करोडौमा छानी
आफु मरी अरु पाल्छ्यौ, तिमी कति दानी
तिम्रो न्यानो माया पाउने, म त भाग्यमानी ।।

अर्ती बुद्दि सिकाउदा, लाग्छ महाज्ञानी
रिसाउने घुर्कि लाउने, छैन तिम्रो बानी
जे गरेनी सहिदिन्छौ, छैन आनाकानी
तिम्रो न्यानो माया पाउने, म त भाग्यमानी ।।
रिसाउने घुर्कि लाउने, छैन तिम्रो बानी
जे गरेनी सहिदिन्छौ, छैन आनाकानी
तिम्रो न्यानो माया पाउने, म त भाग्यमानी ।।
गर्मिले आत हरहर हुदा, बन्छ्यौ चिसो पानी
पुजा गर्छेउ सधै मेरो, देवता नै ठानी
मलाइ मात्रै सुम्पिदिन्छ्यौ, सारा दिलको खानी
तिम्रो न्यानो माया पाउने, म त भाग्यमानी ।।
पुजा गर्छेउ सधै मेरो, देवता नै ठानी
मलाइ मात्रै सुम्पिदिन्छ्यौ, सारा दिलको खानी
तिम्रो न्यानो माया पाउने, म त भाग्यमानी ।।
दुइ देश तिम्रो मेरो, एउटै राजधानी
मैले राज्य गर्ने देशको, तिमि एक्ली रानी
हेरीरहु बनाउछ्यौ, मेरो मनै तानी
तिम्रो न्यानो माया पाउने, म त भाग्यमानी ।।
मैले राज्य गर्ने देशको, तिमि एक्ली रानी
हेरीरहु बनाउछ्यौ, मेरो मनै तानी
तिम्रो न्यानो माया पाउने, म त भाग्यमानी ।।
तिम्रो न्यानो माया पाउने, म त भाग्यमानी ।।
- जीवन शर्मा
पुतलीबजार ९ स्याङ्जा
पुतलीबजार ९ स्याङ्जा
No comments:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।