मेरा तिन सायरी
१
आशु झारे रोयो भन्छौ, हासे धेरै हासो
नबोले रिसायो भन्छौ, बोले बोली पाशो
छोए कुट्यो भन्छौ, नछोए हेरेन रे
माने बिगार्यो भन्छौ, नमाने टेरेन रे ।।
नबोले रिसायो भन्छौ, बोले बोली पाशो
छोए कुट्यो भन्छौ, नछोए हेरेन रे
माने बिगार्यो भन्छौ, नमाने टेरेन रे ।।
...................................
२
तिम्रो जिवनको जस्तै, मेरो पनी मोल होला
तिम्लाइ छुने बचनले, मेरो पनी मुटु छोला
तिमि खियाउदैछौ, म आफै खिइदैछु
तिमि बदला लिन्छौ, म आफै बदलिइदैछु ।।
तिम्लाइ छुने बचनले, मेरो पनी मुटु छोला
तिमि खियाउदैछौ, म आफै खिइदैछु
तिमि बदला लिन्छौ, म आफै बदलिइदैछु ।।
.......................................
३
घाउ घट्दै जाला भन्दा, बढ्छ अझै गुनातिर
शुष्क मनका उदार शब्द, पोखे कुनै कुनातिर
मन उड्दै बादल पुग्यो, आशु रुदै भेलतिर
हुदा हुदा जिन्दगी यो, छाया हुदै ओझेलतिर ।।
शुष्क मनका उदार शब्द, पोखे कुनै कुनातिर
मन उड्दै बादल पुग्यो, आशु रुदै भेलतिर
हुदा हुदा जिन्दगी यो, छाया हुदै ओझेलतिर ।।
.......................................
- जीवन शर्मा
पुतलीवजार ९ , स्याङ्जा
पुतलीवजार ९ , स्याङ्जा
No comments:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।