उस्को कथा
मेरी स्वास्नी कम्कि छे ।
सधै सधै अघी लम्कीन्छे ।।
सानैमा बिहे गरीयो
पढ्नलाइ शहर झरीयो
बा आमालाइ राको बाली
स्वास्नीले आफ्नै गोटी चाली
म भन्दा श्रीमती धेरै बुझेकी
ब्यबहारमा निथ्रुक्कै भिजेकी
आशु र हासोमा मझाले रुझाइ
छल र कपट सम्पुर्ण बुझाइ
सासु ससुरा तह लगाइ
सासु जेठाजु गन्दै गन्दीन
म भन्दा जान्ने कोही छ भन्दीन
खान पाए लसक्क पर्छे
घरको सम्पती सत्तुरलाइ हुल्छे
जोरी पारी स गफगरी भुल्छे
घरको कुरा गाउमा काट्छे
घरपरिवार सबैलाइ भाड्छे
उसैले अराको सबै म मान्छु
स्वास्नीलाइ बैशालु पाराले छुन्छु
मेरी स्वास्नीले अड्डा जमाइ
छलछामले पैसा कमाइ
घरका त अव किन चाइयो
.......................,विचरा तँ ।।
मेरी स्वास्नी कम्कि छे ।
सधै सधै अघी लम्कीन्छे ।।
सानैमा बिहे गरीयो
पढ्नलाइ शहर झरीयो
बा आमालाइ राको बाली
स्वास्नीले आफ्नै गोटी चाली
म भन्दा श्रीमती धेरै बुझेकी
ब्यबहारमा निथ्रुक्कै भिजेकी
आशु र हासोमा मझाले रुझाइ
छल र कपट सम्पुर्ण बुझाइ
सासु ससुरा तह लगाइ
जेठाजुलाइ घरबाट भगाइ
जेठानीलाइ डाकैले मार्छे
देवरलाइ वसमा पार्छे
अलीअली राजनीति गर्छे
काम भनेसी भुतुक्कै मर्छे
गाउघर सबै चार्छे
सत्तुरलाइ हाइहाइ पार्छे
म भन्दा जान्ने कोही छ भन्दीन
खान पाए लसक्क पर्छे
रिस उठेसी छालै तर्छे
घरको सम्पती सत्तुरलाइ हुल्छे
जोरी पारी स गफगरी भुल्छे
घरको कुरा गाउमा काट्छे
घरपरिवार सबैलाइ भाड्छे
उसैले अराको सबै म मान्छु
उस्लाइ त मैले देबी नै ठान्छु
उस्कै पछी लाग्दा म कस्तो छु
बाहीर हेर्दा भलाद्मी जस्तो छु
घर परीबारको पानी नी बार्छे
मुखले भने ठिक्क पार्छे
उस्को गल्ती म देख्दै देख्दीन
यो नगर नबोल भनी छेक्दीन
बा पनी रुन्छन आमानी रुन्छन
दाइ भाइ बैनीले सुन्छनस्वास्नीलाइ बैशालु पाराले छुन्छु
भित्रैबाट म गद्गद् हुन्छु
मेरी स्वास्नीले अड्डा जमाइ
छलछामले पैसा कमाइ
घरका त अव किन चाइयो
आफ्ना भुलाउने स्वास्नी पाइयो
वा वा म.............................................,विचरा तँ ।।
- जीवन शर्मा
No comments:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।