Pages

November 2, 2011

गजल,एक्लै....

हिडेपनी एक्लै छु म, बसेपनी एक्लै ।
भौतारीदै भिरबाट, खसेपनी एक्लै ।।

यस्तै रैछ जिन्दगी यो, भन्ने बुझेपछि ।
बियोगी भै खरानी नै, घसेपनी एक्लै ।।

घरबार भन्ने कुरा, बन्धन हो भनी ।
सबै छाडी जंगलतिर, पसेपनी एक्लै ।।

अत्याचार नसहेर, मुख छाडु भने ।
कैदी भइ जंजीरमा, फसेपनी एक्लै ।।

बाचेर पो के जित्नु छ, पापी संसारमा ।
मर्छु भनी डोरी पाशो, कसेपनी एक्लै ।।

- कुसुम थापा

No comments:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।