माया सागरका दया सगरका सम्राट हे ज्ञानका
आविष्कारकका गुरू जनक हे संज्ञान विज्ञानका
बल्दो बत्ति धपक्क झल्ल युगका ज्योत्स्ना नयाँ बान्किका
तिम्रो ज्योती छचाल्किंदा धरतिमा छन् चन्द्र सूर्यै फिका ।।
बढ्छन् विकृति औ विसंगति टुसा रश्मी तिमी सन्किदा
डढ्छन् छुद्र निचा विचार तुरही रश्मी तिमी चम्किदा
जादू नै छ कि झै सुनू सुनुहुने तिम्रो वचन् वाणिमा
बाँच्ने मन्त्र बुटी फुकी फुकिदिने चैतन्यका प्राणिमा ।।
तिम्रो काँधभरी छ बोझ युगको निर्माणकर्ता तिमी
मान्छेका दुखका कथा भुमरिका निर्वाणभर्ता तिमी
यौटै शब्द खसोस् बसोस् अरु बरु खम्भीर खस्ने बनोस्
बत्ती झै झलमल्ल भै बलिरहोस् आफै बरु त्यो जलोस् ।।
माटो बालकका कला मगजका सिल्पी कुमाले तिमी
माला ज्ञान कुँदेर फूल त्यसमा बास्ना उमार्ने तिमी
तिम्रो चक्र विचार सागर डुबी खोजेर ल्याओस् सिपी
माटो उर्बर कल्पवृक्ष फल होस् भोगून् भविष्य टिपी ।।
पक्का न्याय निसाफ सन्तुलनका काँटा तुला हाँस हे
बत्ती धप्प बली चुडाल्छ जसले अज्ञानका नाश हे
लाखैा लाख गुरू मिलेर नभमा ब्रह्माण्ड भो सिर्जित
लाखैा लाख गुरू गरून् धरतिमा शान्ति प्रभा निर्मित ।।
— देवेन्द्र लम्साल
चिन्नेबास २ ज्याग्दीखोला स्याङ्जा
(बरीष्ट साहीत्यकार)

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।