आँफै खाने आफ्नो भाग्य गरौ कर्म अलिकती
मरी जाने मनु चोला गरौ धर्म अलिकती |१|
छोपी देउ लाज लाग्ने शरीरका अङगहरु
खुलेआम नग्न हिन्छौ गरौ शर्म अलिकती |२|
मरी जाने मनु चोला गरौ धर्म अलिकती |१|
छोपी देउ लाज लाग्ने शरीरका अङगहरु
खुलेआम नग्न हिन्छौ गरौ शर्म अलिकती |२|
किन तान्छौ खुट्टो मेरो मर्दा पर्दा छिमेकी हुँ
आँठो पाँजो खेतालामा गरौ पर्म अलिकती |३|
थपी थपी चोट दिन्छौ आउछ घाऊ बल्झिएर
चोट लागे झर्छ आँशु बुझौ मर्म अलिकती |४|
जीतु खड्का (गाँउले)
मोरङ उर्लाबारी
0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।