हाम्रो नेपालमा............
ठुलालाइ कानुन लाग्दैन हजुर।
बोलेर नेता थाक्दैन हजुर।।
गर्छन गल्ती हजारौ हजार।
गर्नेले माफी माग्दैन हजुर।।
अपराधी बजार डुलेरै हिड्छ।
प्रहरी देख्दा भाग्दैन हजुर ।।
फेदमा बसी फुक्दछन आगो।
टुप्पोमा खाना पाक्दैन हजुर।।
भोग्नु पर्नेछ दुर्दशा यही।
जबसम्म जनता जाग्दैन हजुर।।
-कुसुम थापा
चिन्नेबास, स्याङ्जा ।
0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।