Pages

December 23, 2010

गजल,कुसुम थापा

आज राती सपनामा, मैले यस्तो देखे हजुर
जे देखेथे सपनामा, त्यही कुरा लेखे हजुर।।


नेपालले रकेट छोड्यो, चन्द्र मामा सम्म पुग्ने
त्यही रकेटमा चढी, मैले चन्द्रमामा टेके हजुर
आज राती सपनामा, मैले यस्तो देखे हजुर।।


पहाडको मेरो घर, अगील्तीरै रेल हिड्दा
झुण्डीनलाइ दौड्यो भाइ, हुन्न भनी छेके हजुर
आज राती सपनामा, मैले यस्तो देखे हजुर।।


देउरालीमा पुग्नलाइ, टारबाट केबुलकार
मज्जा आयो झ्यालबाट, चंगा बनाइ फेके हजुर
आज राती सपनामा, मैले यस्तो देखे हजुर।।


गाउसबै झलमल्ल, राति पनी बिजुलीले
जाडो मैना हिटर जोडी, मैले जिउ सेके हजुर
आज राती सपनामा, मैले यस्तो देखे हजुर।।
जे देखेथे सपनामा, त्यही कुरा लेखे हजुर।।


-कुसुम थापा
चिन्नेबास, स्याङ्जा ।

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।