राम्रा मान्छेलाइ अल्पायुमै मारीन्छ यो देशमा....
सज्जन मान्छेलाइ जेलमा पारीन्छ यो देशमा....
निर्दोषीलाइ खार्नुसम्म खारीन्छ यो देशमा....
अपराधीलाइ बैतरणी तारीन्छ यो देशमा....
आफ्ना मान्छेमात्र ठाउमा सारीन्छ यो देशमा....
सत्यलाइ पानी बारीन्छ यो देशमा....
गर्नेको खुट्टा झारीन्छ यो देशमा....
बोलेरै बिकास टारीन्छ यो देशमा....
सही कुरा गरे सधै हारीन्छ यो देशमा....
सही कुरा गरे सधै हारीन्छ यो देशमा.....
2)
गणतन्त्रको नाउमा देशमा भाडभैलो पार्छउ भने
तिम्रो गणतन्त्र तिम्ले नै लैजाउ
जनतालाइ चाहीएको शान्ति, चयन र विकास हो
चाहे राजा आउ,चाहे सैनीक शासन लाउ...........
3)
यो देशमा नेता कती सस्ता
बानी ब्यहोरा पनी कस्ता कस्ता
भन्नै पर्देन हजुर सबैलाइ थाहा छ
सबै गरीबै थे राजधानी पस्दा
अहीले.............???
4)
पाटी पाटीमा मात्र हैन, ब्यक्ती ब्यक्तीमा फुट छ,
आफ्नो मान्छे ठाम्मा भएसी, जे गर्ननी छुट छ
के गरेर हुन्थ्यो देशमा बिकास हजुर
जो मान्छेले सत्ता समालेनी, नेपाल रित्तिने गरेर लुटछ ।
5)
तिनैलाइ ठुला ठान्नुपर्ने..........
तिनैले भनेको मान्नुपर्ने.............
तिन्को चरीत्र देख्दालाग्छ...............
झुण्डाएर ढुङगाले हान्नुपर्ने................
6)
गतीला नेताको हाहाकार...............अगतीलाकै जयजयकार.................
सत्यको युद्ध लडौ न अब..............
लगाइ छाडौ वार कि पार...............
-जीबन शर्मा
0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।