Pages

December 27, 2010

नेपाली जोक्स र चुट्कीलाहरु,३

तपाइलाइ थाहा छ, पुरा स्वस्थ हुनको लागी हप्तामा एकपटक दिलखोलेर रुनु पनी आबश्यक छ मैले पढेका, सुनेका केही जोक्सहरु तपाइहरु समक्ष पस्कन लागेको छु, आशा छ तपाइलाइ मनोरन्जन दिनेछ यो खुराकले ................................
चोरहरु
1)एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो- सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो । जादा जादै चोरले त्यो साहुजीलाई भन्यो -आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो ।
*********************
2)
जज- चोर सँग.. तिमी कसरी पक्राउ पर्यौ ?

चोर- एकाबिहानै सपिङग गरेर ।
जज- यो त कुनै अपराध भएन त, अनि बिहान कति बजे तिर नि?

चोर-पसल खुल्नु भन्दा अगाडि
*********************
3)
तिन जना वकिल डाक्टर चोर मरेछन र यमराज कहाँ पूगेछन

यमराज- तिमीहरु अर्को जन्ममा के बन्न चाहान्छौ?
वकिल- म संसारको सबैभन्दा चचित र धनी वकिल बन्न चाहान्छु
डाक्टर- म पनि संसारको सबैभन्दा चर्चित र धनी डाक्टर बन्न चाहान्छु
चोर- मलाई केही चाहिन्न ।केवल मलाई यिनीहरुको ठेगाना दिनुहोस
*********************
4)पुलिश- डाँकालाई ... भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका- हा हा हा
पुलिश-ओए किन हाँस्दै छस?

डाँका- किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
*********************
5)
वकिल- तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको?

चोर- किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए काठमा लेखेको थियो। धन्यवाद फेरि आउनु
*********************

प्रेमी प्रेमिका
1) प्रेमीका तिमी बिहे पछि चुरोट पिउन छोड्छौ?
प्रेमी किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका रक्सी र तास नि?

प्रेमी त्यो पनि छोड्छु ।
प्रेमीका बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि?

प्रेमी तिमीलाई!
********************* 
2) प्रेमी हैन! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न?
प्रेमीका अहँ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि?

प्रेमीका आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न।
*********************

3)हनिमुनको पहिलो दिन ।
प्रेमी-सरिता
प्रेमिका- हजुर ।
प्रेमी- आजको म तिमीलाई एउटा कुरो सोधौँ ?

प्रेमिका- सोधन ।
प्रेमी-के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ?

प्रेमिका- हो नि । म पनि एउटा कुरो सोधौँ ?
प्रेमी-सोध न ।
प्रेमिका- किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ?

*********************
4)प्रेमी- तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ।।।
प्रेमिका- हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो?प्रेमी- प्रेमले होइन, मायालु..... पैंसाको अभावले ।
*********************

5)प्रेमी- प्रिय, म त्यस्ती कटीसँग विवाह गर्न चाहान्छु जो सुन्दर, बुद्धिमान् तथा सिधा व्यवहार गर्ने खालकी होस् ।
प्रेमीका - त्यो त ठीकै छ तर हाम्रो कानूनले तीन जनासँग विवाह गर्न छुट दिएको छैन
*********************

6)एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र धरहरा बाट पहिला प्रेमीले हामफालेछ । त्यतिकैमा प्रेमिकाले आँखा बन्द गरेछ र भनेछ - माया त अन्धो हुन्छ, र फर्केर गईछ । यो देखेर प्रेमीले पनि यो भन्दै आफ्नो प्याराशुट खोलेछ- माया त कहिले पनि मर्दैन
*********************

7) प्रेमीका तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?
प्रेमी प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।
प्रेमीका के तिम्रो बुवाआमाले मान्नु हुन्छ त?

प्रेमी किन नमान्नु मेरो बुवा, आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त!
*********************
भिखारी
1) भिखारि- हजुर केहि खाने कुरा पाईन्छ?
भित्रबाट श्रीमान- श्रीमती घरमा छैन ।
भिखारि- हजुर मलाई श्रीमती त चहिएन
*********************

2)भिखारी- साहब, एक रुपैयाँ दिनुस् ।
साहब- तिमीलाई लाज लाग्दैन रु सडकमा उभिएर भिख माग्नलाई?

भिखारी- अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त?
 *********************
3)भिखारी- हजुर ! एक रुपयाँ दिनुस्न ।
साहुजी- हैन तिमी यस्तो बलियो कुनै काम गरेर खाऊ न! किन माग्दै हिँडछौ?

भीखारी- म त हजुरसँग पैसा पो माग्दैछु सल्लाह मागन आएको होइन नि ।
*********************

4)एकजना माग्ने बाटोमा बसिरहेको थियो। एक भलादमी त्यही बाटो हिड्दै थिए।
माग्ने- दाई एक रुपैया दिनुहोस् न!

भलादमी- एक सुका पनि छैन।
माग्ने- त्यसो भए आउनुहोस् सगै बसेर मागौ।
*********************

5)माग्ने-ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस ।
पति पत्नी सँग- देउ देउ, तिमीलाई सुन्दरी देख्ने यो अबस्य पनि अन्धो नै होला ।
*********************
 

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।