<<<----------------------------------------------------------->>>
आखामा राखेनी नबीझाउने
अगुल्टोले हिर्काएको कुकुर बिजुली चम्कदा तर्सिन्छ
अर्काले हाती चढ्यो भनेर धुरी चढ्नु हुदैन
अछ्यु खाए बछ्यु खाए, झुसेबारुलो
अल्छि तिग्रो स्वादे जिब्रो
आए आप गए झटारो
अर्काको जिउको जुम्रा देख्ने आफ्नो जिउको भैसी नदेख्ने
आफ्नो भलो जगत् भलो
आफुले खनेको खाल्डोमा आफै परिन्छ
आफै बोक्सी आफै धामी
आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु
आमा बुबाको मन् छोराछोरिमाथी छोराछोरीको मन् ढुङा मुढामाथी
आयुको छोरालाइ बायुले खादैन
आकाशको फल आँखा तरी मर
अति पछि खति हुन्छ
अरुले तपाइ भनोसकि नभनोस आफै मपाई
अर्ति र औषधि कहिलै मिठो हुदैन्
आइ लाग्ने माथि जाइ लाग्नु
आगो ताप्नु मुडाको कुरा सुन्नु बुढाको
आधि गाग्रो पानि छछ्ल्कीन्छ
आफु नमरि स्वर्ग देखिन्न
अजिङगरको अहारा दैबले पुर्याउछ
अचानाको पिर खुकुरिले जान्दैन
अकबरी सुनलाई कसी लगाउन पर्दैन
आलु खाइ पेडाको धाक
आमातिरको न मामा तिरको
आस् गर्नु भर नपर्नु
ओलारो लागेको मिर्गलाई बाछोले पनि लखेट्छ
औला दिदा डुडुल्को निल्ने
इन्द्रको अगाडि स्वर्गको बखान
उत्ताउलि गाइ बाघले खाइ
एक कान दुई कान मैदान
एक थुकी सुकी सय थुकी नदी
एक कानले सुनेर अर्को कानले उडाउनु
एकदिनको पाहुना मिठोमिठो खा दुइ दिनको पाहुना जतोतसो खा तीनदिनको पाहुना जतासुकै जा
एक हातले तालि बज्दैन
एकोहोरो रोटी पाक्दैन्
कालो गाइको सेतो बाच्छो
कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा
कसैलाइ के घन्धा घर ज्वाईलाइ खान कै धन्धा
कतै नभएको जात्रा हाडी गाउमा
काग कराउदै गर्छ पिना सुक्दै गर्छ
काग भन्दा कोइली चन्ख
कागलाई बेल पाक्यो हर्श न बिस्मात
कानो गोरुलाइ औसि न पुर्णे
काम कुरो अकातिर कुम्लो बोकी ठिमी तिर
काम गर्ने कालु मकै खाने भालु
काम गर्ने हनुमान् जश् पाउने ढेडु
काम पाइनस बुहारि पाडाको कन्डो कन्या
काम साची आफुलाइ खाना साची अरुलाई
काला अछर भैशि बराबर
कुन्ताको बुहारी भातमास खाको
कि आत्नेले खान्छ कि ढाट्नेले खान्छ
किन चाउरिस मरिच आफ्नै पिरले
कि पढेर जानिन्छ कि परेर
कुकुरको पुच्छर बाह्र बर्ष सम्म ढुङ्ग्रामा राखे पनि बाङगोको बाङगै
कही न पाई छालाको टोपी लाई
कुकुर् भुक्दै गर्छ हात्ती लम्कदै गर्छ
कुरो र कुलो जता लग्यो उतै लाग्छ
कुचाले बडार्नु पर्ने कसिङर बतासले उडाएर लग्यो
के खोज्छस कानो आखो
के निहु पाउ कनिका पोखाउ
कुकुरलाई घिउ पच्दैन
कुकुरलाई मासु पैचो
काशी जाने कुटीको बाटो
कागको फुल चोर्ने
खिस्स बुढी निच्च दात
खाउ भने दिन भरिको सिकार नखाउ भने कान्छा बाउको अनुहार
खाने मुखलाई जुँगाले छेक्दैन
खुकुरी भन्दा कर्द लाग्ने
खान्न खान्न लोकाचार खान लाए माना चार
खाइ न पाइ छालाको टोपी लाइ
खाएको बिख पो लाग्छ न खाएको लाग्दैन
खानेलाइ चारो कमाउनेलाइ गारो
गैराको घरलाई पैराको डर
गुडपनी धेरै खाए तितो हुन्छ
गधालाई गधाकै भरि बोकालाई बोकाकै भारी
गर्जने मेध बर्सदैन
घातिमा अड्केको दाँत न निल्नु न ओकल्नु
घाटी हेरी हाड निल्नु
घिउ न तेल पका बुडी सेल
घरको बाघ बनको स्याल
घुमीफीरि रुम्जाटार
चुच्चे ढुङगो उही टुङगो
चकचके गोरुको चार थाम डाम
चकचके बांदरको चाकामा डाम
चितायो कि बितायो
चिन्नु न जान्नु घचेडि माग्नु
चोर माथि चकार
चोक्टा खान गयेकि बुढि झोलमा डुबि मरी
चिनी पनि धेरै खायो भने तितो हुन्छ
छोरो पाउने कैले कैले कोक्रो बुन्ने ऐले
छान गेडा सबै मेरा, छैनन गेडा सबै टेढा
छोरी कुटी बुहारी तर्साउनु
छेपारोको कथा
जिते हस्तिनापूरको राज, हारे चपरीमुनीको बास
जुन जोगी आए पनि कानै चिरेको
जस्ले मह काट्छ, उस्ले हात चाट्छ
जो होजो उसकोमुखमा घोचो
जो गाउको मुखिया उही बाटो हग्वा
जब भयो राती अनी बुढी ताती
जस्तो लाई त्यस्तै ढिडो लाई निस्तै
जोगीको घरमा सन्यासी पाहुना
जता मल्को उतै ढल्को
जती भाडो उती चुबोर्को
जागर न सागर खाने बेलामा आ गर
जात फाल्नु गहतको झोलमा
जान्नेलाइ श्रीखन्ड नजान्नेलाई खुर्पाको बिड
जिउदाको जन्ति मर्दाको मलामी
जो गर्छ झेला उही पर्छ फेला
जो चोर उसको ठुलो स्वर
जुन गोरुको सिङ छैन उसको नाम तिखे
झिङाको सरापले दिङा मर्दैन
ठाउ न टहर बुदीको रहर
ढुङाको भर माटोलाई माटोको भर ढुङालाई
ढुङा खोज्दा देउता पाउनु
तातो दुध निल्नु त ओकल्नु
तलाई खाने बाघले मलाई पनि खान्छ
तातै खाउ जल्दै मरु
तालुमा आलु
तै रानि मै रानि कस्ले भर्ने कुवाको पानी
दुई जोइको पोइ कुना पसि रोई
दुधको दुध पानीको पानी
दुधको साछि बिरालो
देख्नेको आखा फुटे सुन्नेको सही
देश अनुशारको वेश
देश खाई शेष भएको
दाजू भाईको जात कन्डाको पिलो जस्तो
धन देखे महादेवको पनि तिन नेत्र खुल्छ
धेरै खाए अमृत पनि बिख हुन्छ
धोबीको कुकुर घरको न घाटको
नयाँ जोगीले खरानी धेर घँस्छ
नमच्चिने पिङको सय झट्का
नाच्न नजान्ने आँगन टेढो
नजाने गाउको बाटो नसोध्नु
नपाउनेले केरा पायो बोक्रै सुद्द खायो
न आतिनु न मातिन्नु
नजान्नेले गुलेली खेलाए मट्यङ्ग्राको सत्यानास
नदिने बजै बुधवार बार्छिन
नपत्याउने खोलाले बगाउछ
नबिराउनु नडराउनु
नरहे बाश नबजे बाशुरी
नखाँउ भने दिनभरिको शिकार, खाउँभने कान्छा बाउकोअनुहार
नहुने मामाभन्दा कानो मामा बेश
नून खाएको कुखुरो जस्तो
नांग्लो ठटाएर हात्ती तर्साउन खोज्ने न्याउरी मारी पछुतो
पाच औला बराबर हुन्न
पानी खानु मुलको बिहे गर्नु कुलको
पानीमाथी ओभानो
पसुपतिको यात्रा सिद्राको ब्यापार
पाप धुरिबात कराउछ
पिठोसग घुन पनि पिसिन्छ
पैसा न सैसा तिकि ट्यास ट्यास
फुत्केको माछो ठुलो
बाघ बुढो स्याल तन्नेरी
बादरको पुच्छर लौरो न हतीयार
बच्चा पाउनु कहिले कहिले भोटो सिउनु अहिले
बत्तीमुनी अधेरो
बाघको छालामा स्यालको रजाई
बाघ कराउनु बाख्रा हराउनु
बार बर्षमा खोलो पनि फर्कन्छ
बार बर्षमा पोइ आयो मै राडीलाई ज्वोरो आयो
बाउ भन्दा छोरा जान्ने खुकुरि भन्दा कर्द लाग्ने
बलुवा निचारि तेल आउन्न
बिड तातेर के गर्ने ताप्के ताते पो हुन्छ
बुझ्नेलाई श्रीखन्ड नबुझनेलाई खुर्पाको बिड
बर्मागये कर्मसंगै नेपाल आये कपालसंगै
बाख्राको पुच्छर खाएको जस्तो
बादरको हातमा नारिवल
बाह्र छोरा तेर नाती बुढाको धोक्रो काधई माथि
बाह्र वर्ष रामायण पढायो सीता कसको जोई
बैशमा स्याल पनि घोर्ले हुन्छ
बैगुनीलाई गुनले मार्नु पर्छ
बादरलाई भार्यांग
बनको चरो बनैमा रमाउछ
बनको बाघले नखाये पनि मनको बाघले खानु
बन डढेको सबैले देख्छन मन डढेको कसैले देख्दैन
बिनाशकाले बिपरित बुध्दी
बिष न भाको सर्प र ईख नभाको मानिस के काम
बोल्नेको पिठो बिक्छ न बोल्नेको चामल पनि बिक्दैन
बाघको मुख खाएपनि रातै नखाएनि रातै
बुद्धिमानलाई इशारा काफी
भिर बाट लड्ने गोरु लाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिदैन
भैंसीको कानमा बिन बजाएर के गर्नु
भाई फुटे गवार लुटे
भित्ताको पनि कान हुन्छ
भुक्ने कुकुरले टोक्दैन
भाग्यमा छ भन्दैमा डोकोमा दूध अडिदैना
भाग्यमानीको भूतै कमारो
मुख हुदाहुदै नाकले पानी
मही माग्नु ढुङ्रो लुकाउनु
म गर्छु आग्राको कुरा तिमी गर्छौ गाग्राको कुरा
मच्चियो मच्चियो थचियो
म ताक्छु मुढो ,बन्चरो ताक्छ घुडो
माछो माछो भ्याकुतो
मौकामा हिरा फोर्नु बेमौकामा कौडी नफोर्नु
मनको लड्डु घ्युसग खानु
मरे पछि दुमै राजा
मर्नु भन्दा बौलाउनु राम्रो
मामाको घोडामा भान्जाको ही ही
मामाको धन स फुपूको सराद्ये
मुखलाई मोइ छैन पिढलाई घिउ
माछो माछो भ्यागुतो
मागी मागी छोरो को बीहे
मुखमा राम राम बगलीमा छुरा
मान्छे हेर्दा केटा केटी कुरा गर्छ जेठी
मर्ने बेलामा हरियो काँक्रो
मरेको बिरालो काखी च्यापेर ठिमी जाने बाटो सोध्छ
माल पाएर चाल नपाको
माउ भन्दा चल्ला बाठा
मेरो गोरुको बरै टक्का
रिस खा आफुलाई बुढि खा अरुलाई
रात भरी करायो दक्षिणा हरायो
राजाको काम छोड़ी कामिको देवाली
राड़ीका दस पोई मर्ने बेलामा कोई न कोई
लाह्सामा सुन छ कान मेरो बुचई
लगनको बेलामा हगन
लहरो तान्दा पहरो झर्नु
लाटाको देशमा गाडो तन्न्नेरी
लाटो खान्छ एक् बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ
लोग्नेले आटे बर्ष दिन आईमाईले आटे निएकैछिन
लोग्ने स्वास्नीको झगडा परालको आगो
साउ भन्दा ब्याज प्यारो
सास छौन्जेल आस
सुर्यलाई बत्ती देखाउन पर्दैन
सुनारको सय चोट लोहारको एकै चोट
सोझो औलाले घ्यु आउन्न
साढेको जुदाइ बाछोको मिचाई
सर्पको खुट्टा सर्पले नै देख्छ
साउनमा आखा फुटेको गोरुले सधै हरियो देख्छ
शापलाई दूध
सर्प पनि मरोस लाठि पनि नभाचियोस
हतपतको काम लतपत
हतारमा गर्ने फुर्सदमा पछ्ताउने
हलेदो भन्ने थाह पायेपछि कोट्टाउनु पर्दैन
हाड नभाको जिब्रो लटपटिन्छ
हात्तीको देखाउने र चपाउने मुख बेग्ला बेग्लै हुछ
हाथीको मुखमा जिरा
हाथी छिर्यो पुछार अडकियो
हुने बिरुवाको चिल्लो पात नहुनेको बिरुवाको खस्रो पात
हुने बेलामा गोरु पनि बियाउछ
हुलमुलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु
हलुवामा बालुवा
ल्हासामा सुन छ कान मेरो बुच्चो
हिस्स बुडी, खिस्स दांत
हांडीमा कनिका रहून्जेल राड़ीलाई निंद्रा लाग्दैन
हाती आयो हाती आयो फुस्सा
हगी सक्यो दैलो देख्यो
0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।