Pages

December 27, 2010

नेपाली जोक्स र चुट्कीलाहरु,२

जिन्दगी सुख दुख र हासखेलको संगम हो, थाहा हुदैन कसैलाइ भोलीको दिन कसरी आउछ,
मैले पढेका, सुनेका केही जोक्सहरु तपाइहरु समक्ष पस्कन लागेको छु, आशा छ तपाइलाइ मनोरन्जन दिनेछ यो खुराकले .........................
गफाडीहरु
1) एक चोटि तीन जना पागलहरू खोलाको किनारमा बसेर एक आपसमा कुरा गर्दै रहेछन
पहिलो- सुनन साथी हो,यो खोलाको पानीमा आगो लाग्यो भने यहाँका माछा कहा जान्छन होला है?
दोश्रो- ल यही छेउमा यति धेरै रुखहरू छन यही चढीहाल्छान नि
तेश्रो - थुइक्क पागल ,माछा पनि कही रुखमा चढ़छन? भैसी हो र रुखमा चढ़नलाई
*********************

2)पहिलो- हाम्रो बाउको कपाल यति लामो थियो की हामी पिङ खेल्थेउ
दोश्रो- बाउको हाम्रो दाह्री यति लामो थियो की त्यसमा हामी जम्प गर्थेउ
तेश्रो-.... हाम्रो बाउको त झंन टाउको यति ठुलो तालू थियो की हामी त्यसमा  चिप्लेटी खेल्थेउ
*********************

4)पहिलो- मेरो बुवा यति कन्जुस थियो कि हनिमून मनाउन जादा लिएर गएको आधा पैसा बचाएर ल्यायो ।
दोस्रो- मेरो बुवा त झन यति कन्जुस थियो कि बिहे गरेर हनिमून मनाउन जादा बिच बाटो बाटै फर्क्यो ।
तेस्रो- तिमीहरुको बुवा त के कन्जुस थियो रहेछ त , मेरो बुवाले त बिहे गरेर हनिमून मनाउनलाई एउटा साथीलाई सँगै पठाईदियो
*********************

5) रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ AC चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ?
राम- किन थाहा नहुनु , बाहिरको मान्छेहरुले AC को आनन्द नलिउन भनेर नि ।
*********************

6)‘ उत्तरतिरबाट आएको एक जना यात्रीले आफ्नो देशका कति जाडो छ भनी धक्कु लगायो, ‘मध्यजाडोमा यति जाडो हुन्छ कि हामी खानेकुरा खानै गाह्रो हुन्छ ।चिनियाहरुले खाना खाँदा खानेकुरा मुखमा हाल्न मद्दत गर्ने दुई मसिना घोचाहरु त टेबुललमै टाँसिन्छन् । थाहा छ? तिनीहरु जमेका हुन्छन् ।बाफ रे!’‘र हामी अरुले भनेको कुराहरु पनि विरलै सुन्छौ, किनभने बोलेका शब्दहरु कानमा पस्नुअघि भित्तामा जम्छन् ।’‘ओहो यार! त्यसो भए त तपाईकहाँ ग्रीष्म ऋतुमा त एकदमै भयानक हल्लीखल्ली हुन्छ होला । ती बोलेका शब्दहरु पग्लन्छन् होला नि, हैन?
*********************
7)दुई जना गफाडीहरु फेवताल को छेउ मा गफ लगाउदै थिए ।
 पहिलो- यार पाच बर्ष अगाडि मेरो मम को घडी यो फेवातालमा खसेको थियो तर हिजो भेटियो र त्यतिबेला सम्म चली रहेको थियो ।
दोस्रो- ए होर! मेरो ममपनि पाचबर्ष अगाडि यही फेवतालमा डुब्नुभएको थियो र हिजो निस्कनु भयो ।
पहिलो- हत एस्तो यस्तो पनि हुन्छ। तेसो भए पाच बर्ष सम्म तिम्रो मम ले के गरी बस्नु भयो त? दोस्रो- के गरी बस्नु नि तिम्रै मम को घडीलाई दम दिदै बस्नु भएको थियो नि
*********************

8)दूइजना कुखुरा चोरहरु बाटोमा भेट,,, बिचबाटोमा। 
पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन्?
दोश्रोः छन् अलि अलि ।
पहिलोः भन् न भन् ।
दोश्रोः ल.............तैं गेस् गर ।यदी मिलाईस् भने दूइवटै लैजा ।
पहिलोः त्यसो भए.....................पाचबटा हुन पर्छ

*********************
 घर परीवार
1)छोरा- बुवा यो गुलाबको बोट रोपेको एकहप्ता भइसक्यो तर यसको जरा अहिलेसम्म निस्केको छैन। 
बुवा-छोरा तिमीलाइ कसरी थाहा भयो?
छोरा- किनकि म यसलाइ सधै उखेलेर हेर्छु
*********************

2)तिनाउमा आएको बाढीलाई देखाएर छोराले भन्यो ड्याडी म भेलमा पनि पौडेर तर्न सक्छु । हुदैन हुदैन डुबेर मरीन्छ । बाबुले रोक्न खोजे । मलाई पौडी खेल्न आउछ म डुब्दीन ड्याडी म जान्छु है छोराले जिद्धी गर्‍यो । वावु हैरान हुदै अनुमती दिए- जान त जा डुबेर मरीस भने घर गएर तँलाई खुब पिट्नेछु
*********************

3)एउटा केटीले आफ्नो दिदी सँग सोधेछन
बहिनी- दिदी यो दुल्हा भनेको के हो?
दिदी- दुल्हा सँग बिहा गरिन्छ ,यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी- यदि म राम्रो चरित्रकी भईन भने नि?
दिदी- तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।
*********************

4)छोरा र बाबुको बिबाद पर्दै थियो ।
छोरा- यदि मैले त्यो केटी सँग विवाह गर्न पाईन भने १५ तलाको घरको छ्त बाट फाल हालेर मर्नेछु।
बाबु- यहाँ १५ तले घरै छैनन्, कसरी फाल हाल्छस्?
छोरा- नभए ५,५ तलाको घर बाट ३ पल्ट फाल हाल्छु नि ।
*********************

5) बिकासजी आफ्नो श्रीमती र आफ्ना १२ जना छोरा छोरी लिएर फ्लिम हेर्नको लागि जादै थियो । चोकमा उभिराखेको पुलिसले बिकासजीलाई कठालो समातेर प्रहरी कार्यालय लग्यो । बिकासजीले अचम्म मानी डराई डराई पुलिस लाई सोध्यो , हैन पुलिस दाई मलाई किन पक्डेर ल्याउनु भएको? मैले के गल्ती गरेको छु र? यो सुनेर पुलिसले भन्यो -केही गल्ती नगरेको भए त्यत्रो मान्छेहरुले तिमीलाई घेरी राख्थ्यो त?
*********************
6)श्रीमानले पिटेको कारण श्रीमती आफ्नो माइतीमा गएर बुबासँग गुनासो पोखिन्! छोरीको कुरा सुनेर बाउ बूढो रिसले चुर,चुर भएर ठूलो स्वरले छोरीसँग सोध्यो- तँलाई कहाँ पिट्यो? छोरीले गाला देखाउँदै भनिन्- मेरो बायाँ पट्टिको गालामा हिर्काए।।।छोरीको जवाफ पाउने बित्तिकै, जोडले दायाँ पट्टिको गालामा हिर्काएर भने-अब घर गएर तेरो श्रीमानलाई भनि दे कि, उसले मेरो प्यारी छोरीलाई पिट्यो, त्यसै कारणले, मैले पनि उसको श्रीमतीलाई पिटेर बदला लिएँ
*********************

7) स्वास्नी- तिमी मलाई कती माया गर्छौ ?
लोग्ने- शार्जहा जती
स्वास्नी- तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ?
लोग्ने- मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त
*********************

8)पति र पत्नी मन्दिर गएर फर्किदै
पति- तिमीले भगवान सँग के माग्यौ?
पत्नी- तपाईं र म सात जनम सम्म सँगै हुन पाउँ , अनी तपाईंले के माग्नु भयो नि?
पति- यो हाम्रो सातौँ जन्म होस्
*********************

9) स्वास्नी- हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ?
लोग्ने- के गर्नु सबै गलत संगतको असर हो ,४ जना साथी १ बोटल रक्स ,३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
*********************

10)आज श्रीमतीलाई सबक सिकाउनु पर्यो ।
एक पेग हिवस्की दिँदै भन्योः ए, सरिता, यो पिउ ।
श्रीमतीः पिउँदिन ।
श्रीमान- पिउ न पिउ......................हो गुड ।
श्रीमतीः कुहिएको सिनो जस्तै गन्हाउदो रहेछ ।
श्रीमान: नि देख्यौ, तिमी भन्थ्यौ नि ,दिनदिनै पिएर म मज्जा लिइरहेको छु ।कति गाह्रो हुँदो रहेछ थाहा पायौहोला नि
*********************

11)श्रीमती- तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ ।
सुगम- म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन।
*********************

12) पत्नी- एउटा कुरा भनौ?
पति- भन न
पत्नी- रिसाउन त रिसाउदैनौ नि?
पति- रिसाउदिन, भन न
पत्नी- कुट्न त कुट्दैनौ नि?
पति- केही गर्दिन भन न के कुरा हो?
पत्नी-PREGNANT छु
पति- खुशी हुँदै...... यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ?
पत्नी- कलेजको टाइममा मैले यही कुरा बुवालाई भनेको थिए, त्यती खेर धेरै गाली अनी कुटाइ खाएको थिए त्यसैले
*********************

13)श्रीमतीसंग- हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती- के भो त नि, एकछिन काँधमा बोके हुन्न त?
*********************
14)एउटा परिवारको बाबु र छोरा एकदम कन्जुस थिए एक दिन छोरा खुसी हुदैआएर बाबुलाई भन्यो बाबा आज मैले १० रुपैया जोगाए नी.... भन्न पाएको छैन बाबु खुसी हुदै छोरा लाई स्याबाशी दिदै सोधो -बाबु कसरी जोगाइस १० रुपैया? अनि छोरा ले भन्यो -आज म स्कूल बाट घर आउदा स्कूल बसमा नचढी बसको पछि,पछि आए अनि जोगिएन त... ..बाबूले छोराको गालामा एक झापड़ हानेर- तलाई मुर्ख कमसेकम TAXI को पछि,पछि दौडिएको भए ५०,६० रुपैया जोगिदैन थियो
*********************

15) सासु- तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस्!
बुहारी-तिम्रा बत्तीस्वटा दातका के काम एक दुईवटा ढुंगा चपाउन सक्दीनौं !
*********************
16)  एक दम्पती दशै मनाउन श्रीमतीको माइत गएका थिए,जादा पाहुर लाने कुरा पाएनन् मासु पसलमा गएर सोधे खसीको मासु सिद्धिएर भुडी मात्र रहेछ त्यही भएपनी लानुपर्यो भनेर लिएर गए जादा भुडीचाही श्रीमतीले लिएर गएकी थिइ, श्रीमान अली अगाडी ससुराली पुगेकोले सासुले सोधीनः ज्वाइ छोरी खोइ त? उ अली सोझो थियो उत्तर दियो: बाटोमा आएर भुडी बोकाएको अली हिड्न सकीन आउदै छे
*********************
17) दाजुले भाइलाइ हिसाब सिकाउने क्रममा.....
दाजु- ६ बाट ४ घटाए कति हुन्छ?
भाइ - थाहा छैन
दाजु- बारीमा चरीरहेका ६ भेडामध्ये ४ वटा चाही घर आए भने कती बाकी रहे?
भाइ-कत्ती पनी रहेनन्
दाजु-कसरी?
भाइ-भेडा त एउटा हिडेपछि अरु सबै हिड्छन् नी
दाजु-त्यसो भए त सग भएका ६ वटा सुन्तला मध्ये मलाइ ४ वटख दिइस् भने अब त सग कती सुन्तला रहे?
भाइ-६ वटै रहे
दाजु-कसरी?

भाइ-तपाइले माग्दैमा म दिन्छु र!!
*********************
18)लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ,
लोग्नेले भन्यो- पानी तता...... नत्र
स्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?

लोग्ने- नत्र चिसै पानीले नुहाउछु।
*********************

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।