Pages

December 27, 2010

नेपाली जोक्स र चुट्कीलाहरु,१

मानव शरीरलाइ हास्नु पनी उत्तीकै आवश्यकता छ, हुन त बारैमास गाइजात्रा हुने मुलुकमा जन्मेका हामी हास्नको त कमी छैन तथापी मैले पढेका, सुनेका केही जोक्सहरु तपाइहरु समक्ष पस्कन लागेको छु, आशा छ तपाइलाइ मनोरन्जन दिनेछ यो खुराकले........
नेताहरु
1)तिस बर्षसम्म राजनीतिमा संलग्न भएका एक नेताले आफ्नो पिएलाई भने
मन्त्रीः भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन ।
पिएः एकदमै राम्रो हजुर । एकैछिन सोचेर- सांच्ची हजुर, हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ ।
मन्त्रीः छोड्देउ यार, हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।
पिएः अहिले भरखर अब उप्रान्त झुठ बोल्दिन भनेको हैन हजुर
मन्त्रीः हो, म झुठ बोल्दिंन , तर तिमीले त बोल्दा हुन्छ नि
*********************

2) एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ त्यो देखेर किसान दौडदै गएछ अनि एक एक गरेर सबै नेताहरुलाई खाल्डोमा पुरेछ । केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि किसानलाई सोधपुछ को क्रममा ..........
सरकार - के सबै नेताहरु मरेका थिए र पुरेको हो ?
किसान - होईन कोहि त भन्दै थिए कि म मरेको छुईन, तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर ।
*********************

3)एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो, हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन।
*********************

4)रसियाबाट आयात गरिएको एउटा थोत्रो हेलिकप्टरमा चढेर एक नेताजी माउण्टेन भिजिट गर्न गए । साझ खबर आयोः प्राबिधिक कारणले जहाज फोर्स लेण्डिंग गरियो
घाइते नेताजीलाई सोधियोः कसरी दुर्घटना भयो?
नेताः माथी गएपछि एकदम चिसो भयो । फंखाले गर्दा होला भनेर माथीको पंखाको स्विच अफ गरिदिएको थिएं.......ड्याङ्ग झरि पो हाल्यो
*********************

5) एक बिदेशी नेता नेपाल भ्रमण गर्न आएछ , उ नेपाली नेतासग घुम्न निस्केछ । उनिहरु घण्टाघर नजिक पुगेछन् र बिदेशी नेताले नेपाली नेतालाइ सोधेछ-यो घण्टाघर बनाउन कती समय लाग्यो?
नेपालीः ५ बर्ष
बिदेशीः नेपालमा काम ढिलो हुदोरहेछ, नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरी
बिदेशीः यो पोखरी बनाउन कती समय लागेको थियो नि?

नेपालीः यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
बिदेशीः तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
बिदेशीः यो धरहरा बनाउन कती समय लागेको थियो नि?

नेपालीः खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ।
*********************

डक्टर र बिरामी
1)एक पटक एउटा मान्छे, डाक्टरलाई मुर्ख बनाउने बिचारले गएछ
डाक्टर- के समस्या छ?

मान्छे- डाक्टरसा, हेर्नु न, मलाई केही नखाने भने भोक लाग्छ, नसुत्ने भने निद्रा लाग्छ अनि धेरै काम गरे भने थकाइ लाग्छ
डाक्टर-त्यसोभए रात भरी घाममा बस्ने गर्नुस, निको हुन्छ
मान्छे वाल्ल पर्छ र फेरी भन्छ
मान्छे-तपाईसग कहील्यै भोक नलाग्ने दवाई छ?

डाक्टर-, तर बेलुका निदाएपछी र बिहान बिउझनु अघी खानुपर्छ
*********************

2)एक जना मान्छेलाई साह्रै समस्या परेर डक्टरकोमा गएछ ।
मान्छे- डक्टर साहेब मलाई साह्रै समस्या पर्‍यो ,मलाई बिर्सिने रोग लागेको छ , यो समस्याले गर्दा मलाई जिउन नै गार्हो भयो । केही उपाय बताइ दिनुस् ।
डक्टर- ठीक छ नाअतिनुस् म समस्या हल गर्न सक्छु मलाई यति भन्नुस् कि तपाईंलाई यो समस्या कहिले देखि भएको हो?

मान्छे - कुन समस्या  ?
 *********************
3) एकजना अधबैसे आईमाई आफ्नो श्रीमानलाई लिएर डाक्टर कहाँ जचाउन गएछ ।
डाक्टरले उनिलाई जचाउन भित्री कोठामा बोलाएपछि
महिला- डाक्टर साहेब , बाहिर बसेकी नर्स लाई पनि भित्र बोलाउनुस् न ।
डाक्टर - किन र , तपाईंलाई म माथि विश्वास लागेन हो?

महिला- त्यसो होइन, तपाईं माथि मेरो पुरा विश्वाश छ तर बाहिर बसेको मेरो श्रीमानको भने पटक्कै विश्वास छैन क्या ।
*********************

4)बिरामी- डाक्टर साप् म बिहान ६ बजे पिसाब फेर्छु अनि ७ बजे दिसा गर्छु
डाक्टर- अनि समस्या चाहीं के हो त?

बिरामी- हजूर समस्या चाहीं निन्द्रा बिहान ८ बजे मात्र खुल्छ
*********************

5)डाक्टरले दुई जना पगललाई घुम्न भनेर छोडिदिए । एउटा पागल खोलामा डुब्यो र अर्को पागलले बचाएको देखेर डाक्टरले खुशी हुँदै भने-तिमी बल्ल ठीक भएछौ । खै तिम्रो अर्को साथी? पहिलो पागलले भन्यो- अघी खोलामा डुबेकोले चिसो लाग्छ भनेर घाटिमा डोरिले बाधेर सुकाएको छु।  *********************6)डाक्टर- भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ।
रोगी- किन डाक्टरसाप?
डाक्टर-हातमा लाउने पञ्जा भित्रै छुटेछ ।
रोगी- कति लोभी हुनुपरेको हजुरलाई लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
*********************

7) दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो 
पहिलो- दाई तपाईं किन रुनु भएको?
दोश्रो- म यहाँ रगत जचाउनको लागि आको त्यसैले।
पहिलो- रगत जाँच्न पनि डराएर रुनु पर्छ त?

दोश्रो- होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो
दोश्रो- हैन तपाईं चाँही किन रुन थाल्नु भयो?
पहिलो-तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले
*********************

केटाकेटी
1)बालक- पसले दाई सबै भन्दा राम्रो मिर्ठाई कुन हो 
पसले- झिंगा भन्किरहेको मिर्ठाई देखाउदै सबै भन्दा राम्रो मिर्ठाई त्यो हो ।
बालक-त्यस्तो झिंगा भन्किएको मिर्ठाई नि कहीं राम्रो हुन्छ?

पसले- त्यही त राम्रो भएर सबै झिंगाहरुले पनि मन पराएर त्यहा बसेको
*********************
2)एउटा बच्‍चा भखर्र साईकल सिक्‍दै थियो , सिक्‍दै जाँदा खुट्‍टा छोडेर आमालाई देखाउदै-आमा १ आमा मेरो खुट्‍टा छैन्‌। (मतलब खुट्‍टा छोडेर चलाएको)फेरी एक छिन पछि हात छोडेर- आमा १ आमा मेरो हात छैन्‌ ।अनि फेरी अलि टाढा गएर साईकल बाट लड्‌छ अनि भन्‍छ- आमा,आमा मेरो दाँत छैन्‌ ।
*********************

3)सर- तिमी क्लासमा किन ढिलो आएको?
केटी- मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले
सर- तिमि किन लेट?

केटी -सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि
*********************

4)कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछस् एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भनेस् सर १ थप कपी ।
*********************

5) शिक्षक-आज किन स्कुल ढिलो आएको ह?
बिद्यार्थी- सर, बुवा आमा झगडा गर्दै हुनु हुन्थ्यो त्यसैले ढिलो भयो ।
शिक्षक- अनी तिमी किन त्यही हेरेर बसेको त?

बिद्यार्थी-नहेरेर के गरु त सर , स्कुल आउँदा लगाउने एउटा जुत्ता बुवाको र अर्को जुत्ता आमाको हातमा थियो , जुत्तै नलगाई कसरी स्कुल आउनु त ।
*********************

6)मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछनमामा- किन झगडा गरेको?
मुन्द्रे- बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन
मामा-अनि तिमिलाई के को टेन्सन त?

मुन्द्रे- अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्
*********************

7)स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि ।
सर-राम तिमि चुरोट खान्छौ हो?

राम- होईन सर ।
सर- तास खेल्छौ?

राम- खेल्दिन सर ।
सर- मदिरापान गर्छौ ?

राम- गर्दिन सर ।
सर- तिम्रो त सबै बानि राम्रो रहेछ त ।
राम- मेरो सबे बानि राम्रो छ । तर एउटा झुट बोल्ने चाहि बानि नरामो।।।
*********************

8) रमनःमिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो?
शिशिकाः मैले १ छैन त, तर किन?
रमनः हिजो मैले मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस कल लेखिएको थियो त्यही भएर
*********************

10) एउटाले भन्यो, मेरो बुबाले एक हातले ट्रक रोक्न सक्नुहुन्छ ।
आश्यर्य मान्दै अर्कोले सोध्यो, तिम्रो बुबा ठूला र बहादुर छन् कि क्या हो?

पहिलोले उत्तर दियो, होइन, उहाँ ट्राफिक प्रहरी हो
*********************

11)एउटा मानिस नयाँ शहरमा घुम्न गएछ । शहरको बिचमा पुगे पछि उसलाई पिसाब लागेछ । पिसाब फेर्ने सौचालय नदेखेर उसलाई साह्रै आपत परेछ । उसले केही पर एउटा बालक लाई देखेछ र त्यहा गएर बालक लाई सोधेछ ।
मानिस- बाबु तिम्रो घर यही हो?
बालक- हो
मानिस-तिमीलाई पिसाब फेर्ने ठाउँ कहाँ छ थाहा छ?

बालक- त्यतीपनि किन थाहा नहुनु नि
मानिस- भन त त्यसो भए कहाँ छ?

बालकले कट्टु फुकाल्यो र देखाउदै भन्यो
बालक- ल हेर्नुस् यही हो पिसाब फेर्ने ठाउँ
*********************

12)छोरा- मम्मी तपाईंलाई त्यो प्लेट याद छ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर ।
मम्मी- याद छ छोरा, तर किन र?

छोरा- मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो ।
*********************

13) दुइ बालक बिच कुराकानी..........
पहिलोः तिम्रो बाबाले एक हप्तामा कति पटक दारी काट्नुहुन्छ?
दोश्रोः ३ पटक, तिम्रो बाबाले नी?
पहिलोः५० पटक
दोश्रोः कसरी?

पहिलोःहाम्रो बाबा हजाम काम गर्नहुन्छ क्या
*********************

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।