अजम्बरी माया लगाउँ जुनी जुनीलाई भन्थ्यौ
किन कोपिला मै झर्यो फुल फुल्न नपाउंदै
दुइ आत्मको मेल हो माया पिरती भन्थ्यौ
जहाँ फुल फुल्छ त्यहाँ भमरा डुल्छ भन्थ्यौ
माया हिर्दयबाट लगाइन्छ जो छुट्दैन भन्थ्यौ
म त ओइलाई झरेको फूल हुँ
मेरो त गन्ध आउछ,दुसित बनाउला
पबित्र मन्दिरमा सिगारिउला
त्यो अब मलाई आश छैन
सडि गली झरीसके
माया र ममता चाहिन्न अब
पृथ्वीकै काखमा पौडिरहन देउ
****** ******* ******** *********
किन कोपिला मै झर्यो फुल फुल्न नपाउंदै
दुइ आत्मको मेल हो माया पिरती भन्थ्यौ
छ महिना मै छुटायो दुइ आत्म मिल्न नपाउंदै
फक्रियर फुल ओइलियो भमरा डुल्न नपाउंदै
माया हिर्दयबाट लगाइन्छ जो छुट्दैन भन्थ्यौ
दुइ नदीका चार किनारा भए दोभानमा मिल्न नपाउंदै
हामी दुइ बीच जे भयो भयो भुली जाऊ भन्थ्यौ
फेरी अर्को बज्रपात पर्यो उही पुरानो घाऊ भुल्न नपाउंदै
****** ******* ******** *********
नटिप हेर कसैले मलाई म त ओइलाई झरेको फूल हुँ
मेरो कर्म यस्तै छ,मर्म नलेउ
सिर्जनाको एक महाभुल हुँ
कुनै फूलमा बस्न पाउछौ भने
नसम्झ मलाई म त्यस्तै छुमेरो त गन्ध आउछ,दुसित बनाउला
आभागी हु म यस्तै छु
त्यो अब मलाई आश छैन
मुठि भरी पनि श्वास छैन
माया र ममता चाहिन्न अब
पृथ्वीकै काखमा पौडिरहन देउ
****** ******* ******** *********
आज मलाई त्यो दैनिकि बिरुद्ध हुन मन लाग्यो
म आँफैसँग लडेर आज यो ब्यर्थको गोलार्धभित्र
समाहित हुन दिईरहेको छैन ।
मैले त मात्र समर्पण गरेको थिएँ
शरीर दुई भए पनि आत्मा एकै बनेर
जीवनका ओकाली,ओरालीहरु सगैँ हिडौँला भनि
चोखो कसम खाएको थिएँ
आस्था, भरोसा र त्यागको त्रिबेणीमा
मेरो वर्तमान र भबिष्यहरु बिना सम्झौता
तिम्रै नाममा जोडीदिएको थिएँ ।
अब ,
तिमी नै भन ,
तिमी प्रति निश्छल भावनामा समर्पित हुनु
र बदलामा पीडा मात्र पाउनु के मैले ठुलो भुल गरेँ र ?
मैले मेरो अस्तित्वलाई तिम्रो स्वाभिमानसँग स्वीकार गर्दा
कँही, कतै कमी देखियो र ?
आँखाहरुमा नकोरिएका सपनाहरु बुन्नु
अनी बाचा, बन्धनभित्र बाँधिने रहरहरुमा
तिम्रो स्वतन्त्रताको हनन पो गरे कि ?
तिम्रो लागि प्रेम सस्तो खेल भएछ भने
मलाई किन यति सार्हो महँगो र गर्हौ भईरहेछ ?
त्यसैले ,
आज यो मन कठोर भएर उभिएको छ र भन्दैछ,
भो अबदेखि तिमी मलाई बिथोल्न नआउ ।
चर्केको मुटुभित्र झन ब्यथा बढाउन नआउ ।
निर्जिव हुन लागेका भावनाहरु लाई
फेरी ठेस पुर्याउन नआउ ।
आशा र सपनाहरु भुलेको मान्छेलाई
ब्यर्थमा झस्काउन नआउ ।
नयाँ पाइलाहरुको शुरुवातमा तगारो बनि
मेरो जीवनमा तिमी भुलेर पनि नआउ ।।
म आँफैसँग लडेर आज यो ब्यर्थको गोलार्धभित्र
समाहित हुन दिईरहेको छैन ।
मैले त मात्र समर्पण गरेको थिएँ
शरीर दुई भए पनि आत्मा एकै बनेर
जीवनका ओकाली,ओरालीहरु सगैँ हिडौँला भनि
चोखो कसम खाएको थिएँ
आस्था, भरोसा र त्यागको त्रिबेणीमा
मेरो वर्तमान र भबिष्यहरु बिना सम्झौता
तिम्रै नाममा जोडीदिएको थिएँ ।
अब ,
तिमी नै भन ,
तिमी प्रति निश्छल भावनामा समर्पित हुनु
र बदलामा पीडा मात्र पाउनु के मैले ठुलो भुल गरेँ र ?
मैले मेरो अस्तित्वलाई तिम्रो स्वाभिमानसँग स्वीकार गर्दा
कँही, कतै कमी देखियो र ?
आँखाहरुमा नकोरिएका सपनाहरु बुन्नु
अनी बाचा, बन्धनभित्र बाँधिने रहरहरुमा
तिम्रो स्वतन्त्रताको हनन पो गरे कि ?
तिम्रो लागि प्रेम सस्तो खेल भएछ भने
मलाई किन यति सार्हो महँगो र गर्हौ भईरहेछ ?
त्यसैले ,
आज यो मन कठोर भएर उभिएको छ र भन्दैछ,
भो अबदेखि तिमी मलाई बिथोल्न नआउ ।
चर्केको मुटुभित्र झन ब्यथा बढाउन नआउ ।
निर्जिव हुन लागेका भावनाहरु लाई
फेरी ठेस पुर्याउन नआउ ।
आशा र सपनाहरु भुलेको मान्छेलाई
ब्यर्थमा झस्काउन नआउ ।
नयाँ पाइलाहरुको शुरुवातमा तगारो बनि
मेरो जीवनमा तिमी भुलेर पनि नआउ ।।
****** ******* ******** *********
-भिम रायमाझी
bhimrayamaghi@yahoo.com
bhimrayamaghi@yahoo.com
0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।