Pages

December 18, 2010

गजल,प्रेम पुनथोकी

१.
तिम्ले भन्दा मैले गन्दा बराबरी भयो
बिरानो र आफ्नो मान्दा बराबरी भयो

तिमी भन्दा मरिमेटें म भन्दा तिमी
सम्झ माया दिएँ चन्दा बराबरी भयो

तिम्रो हाँसो मैले लुटें मेरो हाँसो तिम्ले
लुट्ने यो एउटै धन्दा बराबरी भयो

सोंच्थें तिमी भन्दा बढी मात्तिएँकी मनै
गाँठी कुरा बुझ्दा जान्दा बराबरी भयो

गोप्यता र सुन्यताको मोलतोल छैन
अनायासै पर्दा तान्दा बराबरी भयो

२.
उसले लेख्दा कथा त्यही कति पुज्य शहरमा
मैले सँहदा ब्यथा त्यही कति तुच्छ शहरमा

‘ बोल्ने को पिठो बिक्छ नबोल्नेको चामल त्यसै ’
बेसाहारा अवालालाई कसले बुझ्छ शहरमा

भनाई छ नि ‘ दैब अनि शत्रु पनि एकै चोटी ’
जो पर्यो अन्यायमा उसलाइ कुच्छ शहरमा

भगवान पनि अन्धो हुन्छ र अन्यायी बनिदिन्छ
एउटै ज्यान आधा ओभानु आधा रुझ्छ शहरमा

‘आफ्ना गाई आए पछि सबैका गाई आए भन्ने ’
संझननै धृणा लाग्ने स्वार्थी भुत छ शहरमा


-प्रेम पुनथोकी
धनचौर , ५ अर्घाखाँची

1 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

deepak said...

thanks bro

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।