Pages

December 18, 2010

गजल,रदीफ'

वायुसगै खेल्ने क्या वाल छ तिम्रो .
योवन पूर्ण सोह्र क्या साल छ तिम्रो

बोली मै मिस्री छ वाग्वती नै हौ तिमी
मन मोहक बोलको क्या जाल छ तिम्रो

पोटिला ती गाला चुमुचुमु लग्ने गाठे !
हास्दा डिम्पल छाउने क्या गाल छ तिम्रो

मनै झन्कृत पार्ने मुस्कान देखि हारे म
मुस्कुरहट नै सत्ये ! कमाल छ तिम्रो

बजाउन सिक्दै छ यो 'रदीफ' अचेल
गिटर जस्तो जीउ क्या डाल छ तिम्रो

-'रदीफ'
Mogok, Myanmar

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस: