नमेटुन्जेल प्यास दिलको भेट्थी हिजो अस्ती
बैगुनी ले गुनले तिर्छु भन्थी हिजो अस्ती ।
तिम्रो हातले दियौ भने बिष पनि सबै
हाँसी हाँसी पिइ दिन्छु भन्थी हिजो अस्ती ।
धेर भयो कि थोर भयो मेरो मायाँ कुन्नी
मेरो घरको बलेसिमा धाउँथी हिजो अस्ती ।धाउनै छाडि आउनै छाडि पँधेरिमा पनि
मिर्मिरे मै घैला सङ्ग आउथी हिजो अस्ती ।
ऐँचो पैँचो पिरति मा न पाउँदा तिनै
सावाँ ब्याज सबै तिर्छु भन्थी हिजो अस्ती
-अर्पण तामाङ (योन्जन)
तरहर-२ सुनसरी
हाल दोहा कतार
0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।