तिम्लाइ रुवाएर मैले बाजी मार्नु छैन
गाजलु ति आखाभरी आशु पार्नु छैन,
गाजलु ति आखाभरी आशु पार्नु छैन,
यी हातले खनी खोस्री देखाउला पौरख
धर्तीमा नै नअटाउने तारा झार्नु छैन,
मन मन्दिर उज्यालो छ तिमी मुस्काउदा
तिम्लाइ गुमाएर आफ्नो भाग्य टार्नु छैन,
तिमीसग साथ हुदा स्वर्ग पाउछु मैले
तिम्लाइ एक्लै बनाएर संसार चार्नु छैन,
दुःख सुख साथ दिने एक्लो जीवनको
तिमी बाहेक मन्को डेरा कतै सार्नु छैन ।
-जीवन शर्मा
0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।