Pages

February 28, 2012

यि आँखाका डिलहरु भिजाइ

यि आँखाका डिलहरु भिजाइ भन्नै पर्‍यो ।
तिम्रो जोडी सुखी होस बधाई भन्नै पर्‍यो ।

उता राम्रो देखी यस्तै रैछ भनेपछि;
जाउ जाउ भनि यो मन दु:खाई भन्नै पर्‍यो ।

एकै छिनलाई रैछ हजुर चोखो माया भन्नु;
दुख्दा छाती आफैलाई फकाई भन्नै पर्‍यो ।

सम्झी बाच्न गाह्रो हुँदा यो मन बाट हटाउन;
एक बेलाको आफ्नै मुटु पराई भन्नै पर्‍यो ।

नचाइदो चर्चा पैले दुनियाले यैले सोध्छ;
मिल्ने साथी मात्रै थियौ उस्लाई बचाई भन्नै पर्‍यो ।

-HKishor Poudel

No comments:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।