नेपाली बजारको कथा
जेरी मिठाइ पुरी भित्र, ढलैढलको गन्ध
कैलेदेखी गर्न सिक्यौ, मालामालको धन्दा ।
मुल्य चर्को माग चर्को, खाने गुदपाक
दुषित बस्तु मिसाउन, सक्ने हाकैहाक ।
फोहोर बासी सडाइगलाइ, बन्छ पुष्टकारी
जस्तोसुकै बेचेपनी, किन्ने महामारी ।
पानी भित्र साङ्ला किरा, रक्सि भित्र लेउ
यस्तै खाने बानी पर्यो,अझौ अर्को देउ ।
भुड्काभित्र कालोचिज, बियर भित्र लेदो
नखाने चिज खाइ दिदा, किन गर्छौ खेदो ।
भुटुन खाने तेलभित्र, जनावरको बोसो
गरीखान दिनुपर्छ, नलाउ कालो मोसो ।
पिजा खाने ससभित्र, कुहीएको पर्सी
खाउखाउ ढुक्कसग, नजाउ है तर्सी ।
चामलभित्र पुत्लाकिरा, औषधिमा बिष
त्यसै त म बिरामी छु, किन गर्छौ रीस ।
रङ जाने फरीया त, पाइन्ट भित्र टालो
कमाउने कमाउ साउजी ,तिम्रै रैछ पालो ।
कुहिएका तरकाली छन् ,महभित्र चिनि
नाङगा आखा के देख्छन र, खाइदिउला किनि ।
बाहिर माग्दा ग्यास छैन, भित्र गोदाम टन्न
तिम्रो पनि रैछ मन, अरवपति बन्न ।
यत्ति हैन मिसावट छ, हजारौ हजारमा
खाद्य चिज पाइनै छाड्यो, नेपाली बजारमा ।
खोतलेर छाडेपछि, सुधारेरै देखाउ
कालो धन्दा गर्नेलाई, कानुननले सेकाउ ।
यि कुरालाइ पशुपति, मनभित्र लेउ
खाद्य बस्तु छैन नखाई ,बस्ने शत्ति देउ ।।
-जीवन शर्मा
स्याङ्जा
स्याङ्जा
No comments:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।