बुझ्न खोजे दिन के हो? भनी प्रश्न यो मनमा खोपेर
नबुझ्दै त्यो दिनलाइ रातले आयो छोपेर
मलिन भइ जब त्यो सुर्य क्षितिजमा गइ अडियो
दिनलाइ बुझ्न नपाउदै अर्को प्रश्न मनमा ठडीयो
कोशीस धेरै गरे यहा म उत्तर गतिलो खोज्नलाइ
उत्तर भेटे अनेकौ तर सकीन एउटा रोज्नलाइ
चैत बित्यो बैशाख बित्यो प्रश्न थपीदै गयो झन
को भन्देला उत्तर एउटा बुझ्ने गरी मेरो मन
हावा त्यो कस्को समचार बोकी बहदैछ सररर
बृक्ष का ति पालुवाहरु झारेर फररर
खुइलै थिए ति बृक्षहरु लाए पालुवा नया
उजाड त्यो डाडाकाडा पनी किन भया
हिमालै हेर डाफे नाच्यो त्यो कम्मर कसी कसी
के बुझ्थे म बिचित्र परीबर्तन एउटै ठाउमा बसी
गुरास फुल्यो ढकमक्क लेकमा डाडै नैालो बनायो
प्रकृतिको परीबर्तनले जगतै नौलो जनायो
उत्तर हो की लाग्दछ मनमा परीबर्तन समयको
झर्छ लाग्छ पालुवा नया अधीनमा समयको
बुझे भन्छु परीबर्तनलाइ झन् नौलो प्रश्न ठडीन्छ
लेख्दै थे म यो एउटा कबीता कलम यतीमै अडीन्छ ।।

-मनोज बि सी,मनकामना ५, सुरूङ
No comments:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।