यो!कस्तो घडीमा,उभायौ तिमीले
हसाई - हसाई, रुवायौ तिमीले
हसाई - हसाई, रुवायौ तिमीले
म हाँसू कसोरी,म बाँचू कसोरी
म बाटै कलेजो,चुडायौ तिमीले
म बाटै कलेजो,चुडायौ तिमीले
उ यात्री म यात्री,तिमी आफु यात्री
नियात्रा बिचैमा, रुकायौ तिमीले
नियात्रा बिचैमा, रुकायौ तिमीले
भुलायौ झुलायौ,कता तीर भाग्यौ
र एक्लै झरीमा, रुझायौ तिमीले
र एक्लै झरीमा, रुझायौ तिमीले
मिठो मोडमा छौ,तिमी जिन्दगीको
बिना सूर्य आफै , उदायौ तिमीले
बिना सूर्य आफै , उदायौ तिमीले
-सूर्य चेम्जोङ
0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।