Pages

March 26, 2011

गजल,कुसुम थापा

लाटो देशमा लुटेरालाइ, पनि नेता मानेका छन्
युवाशक्ति बिदेशतिर, त्यस्तैले देश धानेका छन्

बुद्धि र बिबेकको छैन, यहा भाउ कुनै
राम्रा हैन हाम्रा मान्छे, अवसरमा छानेका छन्

जनतालाइ छारो हाली, आफ्ना स्वार्थ पुरा गर्न
काम हैन भाषण ठुलो, गर्न मात्र जानेका छन्

कस्तो भयो देश हाम्रो, कस्ता भए शासक ति
एउटा माथि चढ्न खोजे, अक्रोले पाउ तानेका छन्

देशको हितमा प्राण दिने, देखिएनन् नेता कुनै
बरा जनता! तिनैलाइ, ठुला ब्यक्ति ठानेका छन् ।
-कुसुम थापा
चिन्नेबास ३, स्याङ्जा
 

1 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Dipesh pandey said...

very nice and..valubale ur thought,,,

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।