Pages

March 26, 2011

गजल,प्रेम पुनथोकी

के देख्नु भो र मलाई बेकार संझनुन्छ
आफु मात्रै गन्यमान्य अपार संझनुन्छ

मेरो किन अस्तित्व नै देख्नुहुन्न यहाँ ?
आफु लाई धरतीकै होनाहार संझनुन्छ

मैले भने आफन्तको नाता संझेको छु
तपाँई भने मेरो बस्ती जँधार संझनुन्छ

मान्छेलाई मान्छेको ब्यावाहार नगर्नेले
त्यसै किन आर्दशका उद्गार संझनुन्छ

आफु खुबै संसारकै दुर्लभ बन्ने अ रे
‘प्रेम’ लाई सर्वसुलभ बजार संझनुन्छ /
-प्रेम पुनथोकी
धनचौर , ५ अर्घाखाँची

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।