Pages

March 16, 2011

गजल,जीबन शर्मा

जिन्दगीलाई उजाड देख्ने कस्तो बस्यो बानी
समयले नेटो काट्यो मैले जानी जानी ।

यो गरुला भन्ने आट लाग्नै छाड्यो मन्मा
के को दीयो बल्ने आश तेल्को साटो पानी

एउटा पाइलो हिड्न खोज्छ अक्रो पाइलो भन्छ
छाड्दे इच्छा स्वतन्त्र भै बस् आनन्द मानी

जीवन जगत सोची ल्याउदा को खुशी को दुखी
जिवनखेलको मैदानमा, को हुन् भाग्यमानी?

चाहन्छु म रहस्य के ? सृष्टि रचनाको
झेली गर्ने दैव बुझौ, कि प्राण दिने दानी??

-जीबन शर्मा पोखरेल
पुतलीबजार ९ स्याङ्जा

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।