Pages

March 15, 2011

केही रिमिक्स उखानहरु

केही रिमिक्स उखानहरु  

केटा खाउ पिउमा मख्ख
केटी आफ्नै जिउमा मख्ख ।

बुढीको आखा ऐनातिर
बुढाको आखा नैनातिर ।

कलियुग पहिला आइमाइमा पस्यो
निस्कनै सकेन त्यही फस्यो ।

केटीको लुगा छोटो कपाल लामो
केटाको कपाल छोटो जुगा लामो ।

आइमाइको बुद्धी खुट्टामा
पुरुषको निशाफ झुट्टामा ।

स्वास्नीको ओठमा लालीको थुप्रो
लोग्ने मोराको ज्यानै कुप्रो ।

लोग्नेले कमाको बाडेर ठिक्क
स्वास्नीले कमाको माग्दामाग्दै दिक्क ।

केटीले संसार जन्मदै चिन्छन
केटाले संसार कमासी चिन्छन ।

केटाले सिमाना १०० मिटर तोक्छ
केटीले हातैमा हतगडी ठोक्छ ।

बुढो बिग्रे बुढी बाङगो
बुढी बिग्रे घरै नाङगो ।

केटाको मन केटीले बुझ
केटीको मन दैवले बुझ ।

केटाको मन् बिग्रे रक्सीमा लत्
केटीको मन् बिग्रे नाइटोमा खत् ।

केटाको निम्तो मेरो भोली बिहे
केटीको निम्तो माइतिले दिए ।

केटी केटासग डगेको
केटालाइ सृष्टिले नै ठगेको ।

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।