Pages

January 19, 2011

सपनाको फल

त्यसो सपनाको बारेमा भिन्न भिन्न धारणाहरु बिद्यमान छन। कोहि सपनालाई केवल सुषुप्त मनले उब्जाएको कोरा कल्पना मान्छन भने कोहि भने हरेक सपनाले भिन्न भिन्न अर्थ राख्‍ने ती सपनाहरुले मानव भविश्य मनोदशाको संकेत गर्ने बताउँछन भिन्न भिन्न धर्म समुदायमा कुनै एक सपनाको बारेमा पृथक पृथक अर्थहरु समेत छन, भने यता केहि समयमा सपनाको वैज्ञानिक खोजि गर्ने कार्यहरु पनि चलि रहेका छन। वैज्ञानिकहरु मै पनि सपनाको अर्थ संकेतको बारेमा मतभेदहरु भए पनि सपनाको अध्ययनबाट कुनै पनि मानिसको मनोदशा मानसिक विकास आदि बुझ्न भने यस्ले निकै मद्दत गर्ने कुरा प्रमाणित भैसकेको छ।
कस्तो सपना देखेमा कस्तो फल मिल्छ भन्ने वारेमा गुरु केदार बरालको संकलन

सपना

फल
आकाशमा मास्तिर उड्नुटाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ
आकाशमा उड्नुलाभ हुन्छ
आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ
आकाश देख्नुप्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ
आकाशमा बादल देख्नुसरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ
पानी पर्नुबिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो
पानी एकै ठाउँ परिरहनुपरमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो
बिजुलीका साथ पानी परेको देख्नुबिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ
जमीनसम्म देख्नुदौलत मिल्छ
जमीनमा जोतेको, छरेको, रोपेको देख्नुसंसारका हरेक काम पूरा हुन्छ जीवन आरामले बित्छ
आकाशका धूलो वा आँधी देख्नुत्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो
बिजुली देख्नुमालदार हुइन्छ
जमीनमा मिल्नुवरवाद होइन्छ, फरेबमा फसिन्छ
जङ्गलमा हिँड्नुधार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ
जङ्गलमा खानु पिउनुधेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ
माटो खानुधेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ
माटोमा हिँड्नुधनी होइन्छ
ईनार खन्नुआम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ
इनारबाट सिँचाइ गर्नुआफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ
इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नुदीन वा दुःखीहरुको सेवा गर्छ
इनारबाट पानी पियाउनुसाधु वा महात्माको सेवा गर्छ
इनारबाट पानी निकाल्नुआम्दानीमा वृद्धि हुन्छ
इनारमा झर्नुमुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ
इनारबाट निस्कनुजिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ
पानीमा हिँड्नुकुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ
खोलामा बाढी देख्नुरीस या मुसीबतको सूचना हो
नदीमा अँध्यारो देख्नुपरेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ
सोतो तर्नुमरण नजीकिएको निशानी हो
नदी या कुलोमा नुहाउनुकुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ
भुसमा भासिनुमुसीवत या शोकमा फस्नुपर्ने सूचना हो
कुलाको फोहोर पानी पिउनुकुनै रोगमा फस्ने सूचना हो
कुलोलाई अर्कातिर बगाउनुशोक वा मुसीबत हटेर खुसी हुइन्छ
हौज देख्नुकुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ
नाउ देख्नुशोक वा दुःखबाट छुट्छ राजाको आज्ञाको दण्डबाट छुट्छ
नाउमा चढेको देख्नुराजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ
नाउबाट सुखा भुइँमा उत्रनुदुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ
नाउलाई सुखा मैदानमा देख्नुमुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ
जमीनमा केही बनाउनुअसल दिलको हुइन्छ
ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ
तारा समूहलाई अति चम्किलो देख्नुदेश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ
तारा निल्नुचोरी गर्छ तकलीफमा फस्छ
तारालाई हातमा लिनुगुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ
नाउसहित आफूलाई डुबेको देख्नुराजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ
पहाड देख्नुशत्रुमाथि विजय प्राप्त हुन्छ
पहाडमा हिँड्नुइज्जत मिल्छ, धेरै धन पाइन्छ
पहाडको मालिक हुनुकुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ
पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ
पहाडमा बाटो हिँडिरहेको देख्नुधैर्यवान् वा साहसी हुइन्छ
पहाडमा प्वाल पार्नुकसैसँग जालसाँजो गरिन्छ
पहाडमा चढ्नुअगाध उन्नति हुन्छ दौलत हात लाग्ने निशानी हो
फूल देख्नुप्रेमी/प्रेमिका मिलन
पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
पिँजडा देख्नुजेल-नेल पर्ने
हरियो वन देख्नुशुभ समाचार मिल्ने
सुख्खा वन देख्नुचिन्ता हुने
चन्द्रमाप्रतिष्ठा मिल्ने
ग्रहण आपत पर्ने
खाना बनाउनुसन्तान बिरामी हुने
सुन पाउनुधन जाने, हानी हुने
र्सप मार्नु कष्टबाट छुटकरा पाउने
हस्ताक्षर गर्नु धनहानि हुनु
बिरालोले टोक्नु दर्घटना पर्ने तर बच्ने

राम्रा सपनाअन्नबाली, घोडचढी,कमलको फुल,गोरु, गाइ, गुरु, सेतो रंगको फुल, दही, चामल, चादीका भाडा, हात्ती, राजा महाराजा, सिहासन, फल, सेतो बस्तुवा पदार्थ, कपास, मिठाइ, देबताको प्रतिमा वा मुर्ति,बिद्धान बाहुन, सधवा आइमाइ, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, तारा, चन्द्रमा, देवता, मन्दिर, गित संगीत, पर्बतारोहण, फलेकोबृक्ष, फुलेको फुल, केटाकेटी, हतियार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दुध खानु,फल खानु,सर्प, लास वा लास लादै गरेको, स्वर्गका अप्सरा, गायनकला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाडो, तोरण, रुदैगरेको ब्यक्ति
नराम्रा सपनाआगो, जल्दैगरेको चिता, खाली भाडा, दात भाचिनु, कपाल झर्नु,रातो वा कालो कपडा, गुलीयो बस्तुखानु, काडा,शत्रु, राक्षस, भैसी, रागो, बादर, हतियार, सुकेको बृक्ष बस्तु,खरानी, फासीमा झुण्डाएको,हावामा उडेको,बाढी, मान इज्यतमा कमी आउनु, अपमानीत हुनु, सर्पहरुसग खेल्नु,ग्रहण लाग्नु, उल्लु, आधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ,इनार, खोला, चोर्नु, नकाब मकुण्डो, भुतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसग जर्बजस्ति गर्नु, शरिरमा हिलो लाग्नु, एकान्त बनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय ब्यतिको मृत्युको खबर सुन्नु, होहल्ला, बिबाह भएको, बिवाह मण्डब घुमेको

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।