साच्चै हो माया कि देखावटी
प्रश्न तिमिलाइ यो कोटीकोटी ।
प्रश्न तिमिलाइ यो कोटीकोटी ।
आखै नहेरी फाल्दैछु हाम
सोचेर तिम्रो मन छैन खोटी ।
मायाको चिनो दिएको फुल
दिनहु चन्दन लाउदैछु घोटी ।
देखि सपना पोख्दैछु भाव
सोच्दैछु एक्लै म सयौ चोटी ।
जिवनको बाजी मारौला भन्दै
चाल्दैछु मन्मा मायाको गोटी ।
बिन्ति तिमीलाइ यो कोटीकोटी
नफाले ढुंगा देखाउदै रोटी ।।
-कुसुम थापा