Pages

October 28, 2011

आकाश हुन् पिता मेरा

आकाश हुन् पिता मेरा धरती मेरी माता 
तराई हुन् छाती मेरा शीर सगरमाथा 
 
हिमाली हौं पहाडी हौं,हौं हामी नै तराई 
छौँ बसेका मिलिजुली भई दाजु र भाई 
अर्को देश भीर पाखा स्वर्ग फुल्ने कुन छ? 
नेपाल हो त्यो जहाँ ढुंगो भीत्र देवता हुन्छ 
 
गर्छौं माया यो देशको आफ्नो प्राण भन्दा
संसारमा अघि हुन्छ चन्द्र सूर्य झण्डा 
उठाएर यो माटोलाई शीरमाथी लाउँ म
सयौं जूनी नेपाल मै जन्मिरहन पाउँ म
 
-सूर्य चेम्जोङ 

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।