भन भन भाइ हो – दइचिउरे
राम्ररी भन – दइचिउरे
ठुला ठाला – दइचिउरे
ठिनामिना – खिसटिउरे ।
प्रधानमन्त्री –मुस्ताङ चडुन
बेरोजगारी –दिनदिनै बडुन
मानोको लोभमा –मुरी फालुन
महिनैबिच्छे –सरकार ढालुन
मन्त्री आफै –मनपरी गरुन
नेपालको इज्जत – माटैमा हरुन
फोरमले देश –फोर्न थालोस
बिरोध गरे – राको बालोस
निर्धालाइ मार्दा –क्रान्ति देखुन
मुर्दाको जस्तो –शान्ति देखुन
माबादीले सत्ता– कब्जा गरोस
भारतैको – शरण परोस
गर्नेजती – पाखा परुन
राम्राजती – अकालमै मरुन
समाचार बनोस –नेताको मात्रै
बारैमास – गाइजात्रै
गर्नेको खुट्टा –सबैले तानुन
सानालाइ मात्र –लागोस कानुन
हत्यारा जती –मन्त्री हुन
पिडित जती –धरधरी रुन
मुखैले मात्र –विकास गरुन
खान नपाइ –जनता मरन
नेता जती –हरीप हुन
जनता जती –गरीब हुन
खान्कीमा –गन्ध होस
हप्तैबिच्छे – बन्ध होस
थुकेको थुक –नेताले चाटुन
तारा झार्ने –भाषण छाटुन
मनपरी गर्न –सबैले पाउन
बिदेशीको –भजन गाउन
जनता देख्ने – अन्धा होउन
नेताकै दास –बन्दा होउन ।
हे हासेर बोलीदेउ माया यस्तो भन्न हाम्लाइ काँ मन्छ र
हासेर बोलीदेउ माया यसै गरी देश काँ बन्छ र ।
हे हासेर बोलीदेउ माया यसैगरी बसेर हुन्छ र
हाम्रो मात्रै रुने हो मन,यि नेताको कैले पो रुन्छ र ।।
राम्ररी भन – दइचिउरे
ठुला ठाला – दइचिउरे
ठिनामिना – खिसटिउरे ।
प्रधानमन्त्री –मुस्ताङ चडुन
बेरोजगारी –दिनदिनै बडुन
मानोको लोभमा –मुरी फालुन
महिनैबिच्छे –सरकार ढालुन
मन्त्री आफै –मनपरी गरुन
नेपालको इज्जत – माटैमा हरुन
फोरमले देश –फोर्न थालोस
बिरोध गरे – राको बालोस
निर्धालाइ मार्दा –क्रान्ति देखुन
मुर्दाको जस्तो –शान्ति देखुन
माबादीले सत्ता– कब्जा गरोस
भारतैको – शरण परोस
गर्नेजती – पाखा परुन
राम्राजती – अकालमै मरुन
समाचार बनोस –नेताको मात्रै
बारैमास – गाइजात्रै
गर्नेको खुट्टा –सबैले तानुन
सानालाइ मात्र –लागोस कानुन
हत्यारा जती –मन्त्री हुन
पिडित जती –धरधरी रुन
मुखैले मात्र –विकास गरुन
खान नपाइ –जनता मरन
नेता जती –हरीप हुन
जनता जती –गरीब हुन
खान्कीमा –गन्ध होस
हप्तैबिच्छे – बन्ध होस
थुकेको थुक –नेताले चाटुन
तारा झार्ने –भाषण छाटुन
मनपरी गर्न –सबैले पाउन
बिदेशीको –भजन गाउन
जनता देख्ने – अन्धा होउन
नेताकै दास –बन्दा होउन ।
हे हासेर बोलीदेउ माया यस्तो भन्न हाम्लाइ काँ मन्छ र
हासेर बोलीदेउ माया यसै गरी देश काँ बन्छ र ।
हे हासेर बोलीदेउ माया यसैगरी बसेर हुन्छ र
हाम्रो मात्रै रुने हो मन,यि नेताको कैले पो रुन्छ र ।।
– कुसुम
No comments:
Post a Comment
कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।