Pages

September 23, 2011

तितो सत्य

तितो सत्य
राजनीतिमा दान चन्दा
ब्यापारीको कालो धन्दा ।
कर्मचारी ढिलासुस्ती
नेता ज्युको सत्ता मस्ती ।
जवानीमै फुल्यो कपाल  ।
क्यारी बन्ला नया नेपाल ।।

ठेकेदारको किर्ते काम
इन्जिनियर हेर्छ दाम ।
डाक्टरको लापरबाही
कसैलाई छैन कारबाही ।
जवानीमै फुल्यो कपाल  ।
क्यारी बन्ला नया नेपाल ।।

शिक्षकको अज्ञानीपन
किसानको पछौटेपन ।
बिना कला कलाकार
साचो बोले सधै हार  ।।
जवानीमै फुल्यो कपाल  ।
क्यारी बन्ला नया नेपाल ।।

न्यायको अन्धो आखा
हाकिमको काखापाखा ।
चोरी चोरी बिद्यार्थी पास
बोडिङलाई अझै स्यावास ।।
जवानीमै फुल्यो कपाल ।
क्यारी बन्ला नया नेपाल ।।

अदालतको ढिलो न्याय
गरीवलाई सजाय ।
झगडालु खोज्छ रिन
वकिलले गाडी किन ।।
जवानीमै फुल्यो कपाल  ।
क्यारी बन्ला नया नेपाल ।।

पत्रकारले साटो फेर
आफ्नो आफ्नो लभी हेर ।
उद्योगपति कर छल
जता पावर उतै ढल ।।
जवानीमै फुल्यो कपाल ।
क्यारी बन्ला नया नेपाल ।।

गुण्डा गर्दी खुलेआम
चरो मरे चक्काजाम ।
बलियाले छुरा धस्छ
पुलीस दर्शक भएर बस्छ ।
जवानीमै फुल्यो कपाल  ।
क्यारी बन्ला नया नेपाल ।।

गाडीभरी टन्न यात्री
डाइभरलाइ शिबरात्री ।
गुरुजीले ठिटि ताक
खलासीले गाडी हाक ।।
जवानीमै फुल्यो कपाल ।
क्यारी बन्ला नया नेपाल ।।

मिडियाको खाली पेट
बिज्ञापनमै मरीमेट ।
खाद्यान्नमा मिसावट
जता हेर्यो उतै खोट ।
जवानीमै फुल्यो कपाल  ।
क्यारी बन्ला नया नेपाल ।।

बुढादेखी बतीलो
कोहि भएन गतिलो ।
कस्ले कस्लाइ भनेको टेर्छ
कस्को गल्ती कस्ले हेर्छ ।।
जवानीमै फुल्यो कपाल  ।
क्यारी बन्ला नया नेपाल ।।
-शिशिर

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।