Pages

August 14, 2011

अके र बिले

अके- प्रधानमन्त्रीले राजीनामा दिए रे हो ?
बिले- जे हुनु थ्यो त्यही भो
अके-अव देशमा के हुन्छ ?
बिले-सेरे, रामे, बाबुरे यस्तै प्रधानमन्त्री हुन्छ
अके- त्यसले संबिधान बनाउछ ?
बिले-संबिधान हैन बालुवाटारमा भ्यालेन्टाइन मनाउछ
अके- राजीनामाले के फाइदा भो त ?
बिले- झल्लु मात्र नेता हो त,.... अरू पनी प्र म हुनु परेन
अके- जुन जोगी अाएनी कानै चिरेका
बिले-
कोहि बन्दुक भिरेका
कोही जनता पिरेका
चप्पल लाएर शहर छिरेका
जनताको नजरमा सधै गिरेका,
हरूकै पालो हो बाबु यो कली जुगमा......
अके-त्यसो भए हाम्रो पनी पालो पर्ला नी ?
बिले-
कुरा ढाट्न जाने
पैसा चाट्न जाने
मान्छे मार्न जाने
चन्दा झार्न जाने
फुर्ति लाउन जाने
केटा दाउन जाने
अन्याय गर्न जाने
पाटी सर्न जाने
गुट गर्न सिके
लाज पचाएर टिके,
तिम्रो नी पालो अाउछ यो कलि जुगमा.... 
अके- म त त्यस्तो मा छैन नी
बिले- त्यसो भए तँ नेता नै हैन नी
अके- त्यस्ता कुरा कसरी सिक्ने?
बिले-
 सानैदेखी दुष्ट हुने
सबैसग रूष्ट हुने
सडकमा टायर बाल्ने
सिसामा ढुगां फाल्ने
नेताको पछी लाग्ने
गरिब सग चन्दा माग्ने
निउ खोज्नेलाइ हानीहाल्ने
झुट बोल्न जानीहाल्ने
रिन खोजेर शहर छिर्ने
कोठाभाडा तिर्दै नतिर्ने
दुइ चारवटा गल्ती गर्ने
पत्रकारको अघी पर्ने
सके गर्ने बाटो जाम
अनी अाउछ नामै नाम,
यस्तै हो यो कली जुगमा....
बाबै यस्तै हो यो नेपालमा...
अके- त्यस्तो गर्दा त कानुन लाग्दैन र ?
बिले- हेर बाबै यो देशको कानुन प्रचण्ड र पारस,परशुरामले जानुन् ।

(शिषिर)

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।