Pages

July 16, 2011

लाफा, चीन्नेबास गाउँ

वारी पारी लेक बेसीमा चीन्नेबास गाउँ
बालाखामा धुलो संगै खेलेको त्यो ठाउँ
सुरुङ बाट तल हेर्दा ज्याग्दी त्यो खोला
साथी संगी सीत भेट् फेरी कहीले होला ।

सम्झना आउँदा त्यो गाउ त्यो ठाउँ को
याद हरु बल्झी दिन्छ यो मन्को
उकाली र ओराली गर्दा ज्याग्दी सीत लाएको मीतेरी
सपनी मा आइ बनीदिन्छ मेरो हीतैसी ।

कहीले काही लड्ने गर्थेउ गुच्छा खेल्दा संगै
एक रुपैया पाउदा पानी हुने गर्थीएु दंगै
सम्झीदा नी ती दिनहरु आंधी चल्छ मनमा
चरी अझै डुल्छ मेरो त्यो चरी पानीबनमा

गए क्यारे ती दिन हरु फेरी के आउथे
चैत मास कोइली ले स्वोर मीलाई गाउँथे
ती सबै भै सकेछन एकादेश का कुरा
मेरो गाउँ जाने धोको कहिले होला पुरा
मेरो गाउँ जाने धोको कहिले होला पुरा!!!

(बीरेन नाकुउङ लाफा )
बुटवल ,www.radiolumbini.org
adds- biren071@gmail.com
चीन्नेबास स्कुल  बाट २०६२ साल मा एस् ल् सी दीने सबै साथी हरु इ-मेल गर्नुहोस् भन्दै आदरणीय गुरु बर्ग हरु मा धरै सम्झना का पल हरु ,,,,,,,

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।