Pages

April 4, 2011

मनभरी उमंगको लहर भर्दै आउ यता

मनभरी उमंगको लहर भर्दै आउ यता
बतासको चालसंगै सर्दै सर्दै आउ यता

तिमी पारी म छु वारी नभेटेको धेरैभयो
भाँजोहाल्ने पापी खोला तर्दै तर्दै आउ यता

चियोचर्चो गर्दै जल्ने आँखाहरु धेरै होलान
होसियार भै दृष्टिहरु छर्दै छर्दै आउ यता

बशंतको याम धेरै मनमोहक हुन्छभन्छन
बशंतकै मोहकतालाई हर्दै हर्दै आउ यता

वाधाअड्चन पनि धेरै पर्नसक्छन मिलनमा
व्यवधानका बारहरु पार गर्दै आउ यता ।

-Atit Mukhiya

1 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Anonymous said...

sabai ramro 6 but sexy kahani hot kahani haru pani hunu paro ni ki kaso ?

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।