Pages

April 3, 2011

सती र शासक अनि भ्रष्टाचार र पहुच

सती र शासक अनि भ्रष्टाचार र पहुच
"यो राज्यमा सत्तामा पुग्ने कसैको बिबेक नरहोस्"
यो भनाइ मेरो हैन इतिहासबाट साभार गरीएको हो । काठमाडौ राज्यमा बोलीएको यो अभिषाप नेपाल देशभरी नै लागु भएको हो कि काठमाडौ नै नेपालको मुल ठाउ भएर लागु भै रहेको हो ,तर यो अभिषापले अझै पनि पछ्याउन छाडेन । कुन पार्टिले कुन नेताले नै के गर्यो र यो देशमा ? ठुलो परीवर्तन गर्छु भनेर बिद्रोहको ठुलै राको बाल्ने माओबादीले युद्धताका गरेका कुरा हेर्दा यसले त केही गर्छ भन्ने लाग्थ्यो तव जब सत्ताको बागडोर समाल्ने स्थितिमा पुग्यो तव माथीको अभीषापको प्रभावबाट यो पनि उम्किन सकेन । गणतन्त्र छाडी के के तन्त्र ल्याय पनि आफसेआफ शुसासन र कानुनको शासन हुने रहेनछ , गर्ने भन्ने सत्ता समाल्नेले नै हो । तर सत्तामा पुगेपछि सबैको बिबेक नरहने के यो सतीको सरापैको फल हो त ??? माथीको बोली त एक प्रतिनिधि उदाहरण मात्रै हो । यो देशमा कति यस्ता सतिले सरापे होलान्, कति शहिदले धिक्कारे होलान् त्यहि पाप धुरीबाट कराउदै छ र अझै पनि हामी अन्धकार युगमै छौ र रुमल्लिरहने छौ । शहरको अन्धकारको त यो हाल छ भने ग्रामीण गाउको अवस्था के होला । नाराले मात्रै विकास हुदैन, कानुनले मात्रै भ्रष्टाचार रोकिदैन । पैसाले आफै विकास गर्देन, गर्ने जागर र मन्ले हो । भ्रष्टाचार र पैसा प्रर्यायबाची शब्द होइनन् ।
भ्रष्ट आचार भनेको के हो ? पहुच हुनेले पहुचको दुरुपयोग गरी आचरण गुमाउनु नै भ्रष्टाचार हो ।
पैसा चलाउनेले पैसामा गरेको घोटला
ब्यापारीले ब्यापारमा गरेको घोटला
दुध दुहुनेले दुधमा गरेको घोटला
किसानले कृषिमा गरेको घोटला
श्रमीकले श्रममा गरेको घोटला
न्याय दिनेले न्यायमा गरेको घोटला
जग्गाबालले जग्गामा गरेको घोटला
युवाले बलमा गरेको घोटला
राजनिति गर्नेले राजनितिमा गरेको घोटला
पत्रकारले सुचनामा गरेको घोटला
स्वास्थकर्मीले स्वास्थमा गरेको घोटला आदी सबै भ्रष्ट आचार हुन् ।
रकमको हिनामिना गर्नेहरुलाइ जेल हाल्दैमा पुन भ्रष्टाचार नहुने हैन । भ्रष्टाचारको परीभाषा नै गलत लगाइएको छ । भ्रष्टाचार निबारण गर्ने निउमा नै भ्रष्टाचार हुन्छ । भ्रष्ट आचार हुनु सबै भ्रष्टाचार हो । रकमको हिनामिना मात्रै भ्रष्टाचार हैन कि ??? भ्रष्ट आचार हुनेले जे पनि गर्न सक्छ, त्यसमा रकमको हिनामिना पनि गर्न सक्छ । जो जस्तो स्थानमा छ त्यहीबाट भ्रष्ट आचारको अन्त्य गरीएमात्र आजको बालक भोली मन्त्री हुदा पदीय दाहीत्व बिर्सिदैन, अहीलेको समाज र राज्य हेर्ने हो भने जसको जे मा आफ्नो पहुच छ उसले त्यसैमा भ्रष्टाचार गरीरहेको छ, बिद्यार्थीले पढ्नमा भष्टाचार गरेको छ ,किसानको दुधमा पहुच छ दुधमा पानी हाली भ्रष्टाचार गरेको छ, भोली त्यही बिद्यार्थी मन्त्री हुदा, त्यही किसान मन्त्री हुदा रकममा पहुच पुग्ला अनी रकमको भष्टाचार गरेकोमा के को आपत्ति ??? नानी देखी लाएको बानी त हो नी । भ्रष्टचार गरेर भ्रष्टचारी हो भनी चिनाउन थालीयो भने कत्तिको न्याय संगत होला खै ? खुर्सानी बेच्नेहरुलाइ खुर्सानी बेच्दा गरेको भ्रष्टाचार नदेख्ने अनी त्यही खुर्सानी बेच्ने भोली मन्त्री हुदा भ्रष्टाचार गर्यो भन्दै बकफास गर्नु कुनै नौलो कुरा होइन । जस्ले जुन पदमा रहदा भ्रष्टाचार गर्छ त्यसलाइ त्यही कारबाही हुनुपर्यो । काम नपाएर बिदेश जानुपर्ने स्बदेशमा चाही कामको सम्मान नभएको यो देशमा पैसा चलाउनेलाइ र पैसालाइ मात्रै ठुलो  मानिन्छ किन ???
ब्यापारीले ब्यापारमा भ्रष्टाचार गर्दा कारबाही गरीदैन भने त्यही ब्यापारी सार्बजनीक बित्त चलाउने स्थानमा पुग्दा उसले वित्तमा भ्रष्टचार गरेको हुन्छ । किसानले कृषिमा गरेको घोटला गर्दा कारबाही गरीदैन भने त्यही किसान सार्बजनीक बित्त चलाउने स्थानमा पुग्दा उसले वित्तमा भ्रष्टचार गरेको हुन्छ उसलाइ त कारबाही गरीएला सिद्धियो उसको ठाउ पुर्ती गर्न आउने अक्र्रोले पनी सानै बाट भ्रष्ट आचारमा डुबेको हुन्छ अनी कैले होला देश विकास ?? कमसेकम अवका नया पिडिलाइ भ्रष्ट आचार र्र्नुहुदैन भनी सिकाएको खै ?? नानि देखी नै बानी सुधार्न सकिएन भने जति नै आयोग बनाए पनी कनुन बनाए पनी यो रोकिदैन ,चाहे सानो होस चाहे ठुलो होस, चाहे रकमको होस चाहे बुद्धिको होस सबै भ्रष्टचारीलाइ कारबाही होस । तर भ्रष्टचार निबारण गर्ने निउमा भ्रष्टाचार नहोस् । सम्रगमा देशको उन्नति होस् । सती तिम्रो सराप तिम्ले नै फिर्ता लिएर एकपटकलाइ माफी दिने कि ?????
-जीबन शर्मा, स्याङ्जा ।

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।