Pages

March 16, 2011

गजलमा अनलाइन दोहोरी प्रतियोगीता

गजलमा अनलाइन दोहोरी प्रतियोगीता, दोहोरी उत्तर दिनुहोस्  र पुरस्कार जित्नुहोस्           
              आदरणीय  गजल प्रेमी साथीहरु, साहित्य बिधामा जल्दोबल्दो रुपमा रहेको बिधा गजलतर्फ हात बढाउदै रहनु भएका गजल मनहरु प्रती लक्षीत गरी स्याङजा जिल्लाको अति दुर्गम भेग चिन्नेबासबाट प्रकाशन हुने ज्याग्दीको तरंग साहित्यक द्धैमासिक र यस ब्लगले साहित्य क्षेत्रमा सकेको योगदान दिने प्रयास स्वरुप गजल दोहोरी प्रतियोगीताको शुरुवात गरेको छ । जसमा ब्लगमा दोहोरीको लागी लेखीएको गजलको उत्तर वा प्रतिक्रीया गजलकै रुपमा तपाईहरुले  सोही गजलको कमेन्ट बक्समा दिनुपर्नेछ । प्राप्त दोहोरी गजल उत्तरहरु मध्ये उत्कृष्ठ उत्तरकर्तालाई पुरस्कार प्रदान गरीने छ । उत्तर दिने अवधि  दुई महिनासम्म रहने छ । दुइ महिनापछि पुनः अक्रो श्रृङखला शुरु हुनेछ । रदिफ, काफिया, मतला, मकता, शेर, मिसरा र गजलको गहिराई भावको आधारमा उत्कृष्ठताको छनौट तरंग टिमबाट हुनेछ । उत्कृष्ठ तिन गजलहरु पत्रिकामा समेत प्रकाशन गरीने छ । गजल उत्तरसगै आफ्नो नाम र ठेगाना लेख्न नभुल्नुहोला । हाम्रो पुरस्कारको राशि सानो भएकोले कुनै संस्था वा ब्यक्त्तिबाट पुरस्कार प्रायोजन गर्न इच्छुक हुनुभएमा हामिलाई  sharmajiban22@yahoo.com  मा इमेल गर्नुहोला, प्रायोजकको नाम पत्रिकाको कभर पेजमा साथै यस ब्लगमा आभार सहित प्रकाशन गरीने छ ।

बैशाख र जेठको लागि दोहोरी उत्तरको लागी राखिएको गजल

निल्नु न ओकल्नु बिचमै, अड्काइदियौ माया किन?
ठूलो भुल गरे जस्तो, खड्काइदियौ माया किन?

दुई मुटुको बन्धन भित्र, रम्दै खेल्ने आशा देखाइ
अचानक बम झै गरि, पड्काइदियौ माया किन?

सुखदुख रुने हास्ने, बन्छु भन्थ्यौ सहयात्री
मलाइ एक्लै पारी जंघार, फड्काइदियौ माया किन?

सारथी ठानेर हाक्थे, जिन्दगीको रथ मेरो
दाहिने जानु थियो देब्रे, छड्काइदियौ माया किन?

तिम्रो स्वार्थ पुरा गरी, छाडी गयौ तर मलाइ
दुनियाले थुक्नेगरी, भड्काइदियौ माया किन?

0 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।