Pages

June 25, 2011

गजल,नवराज भटराई

अँधेरी रातमा जुनको याद नलिने को छ
भाउ महगो होस् सुनको याद नलिने को छ ?

बर्षौदेखिको त्यो क्षण ताजै छ आज पनि
मान्छेले लाएको गुनको याद नलिने को छ ?

गरिवका घरको मकै चामल सरहै हुन्छ
मकै खाने घुनको याद नलिने को छ ?

भोको कर्णालीलाई अभाव अभावै छ रे
भोको हुँदा नुनको याद नलिनेको छ ?

साझो जनता मर्दा के हेर्दै बस्छ “नबु”
खुनको बदला खुनको याद नलिनेको छ ?
 
नवराज भटराई
च्यानाम, ६ ओखलढुङ्गा
हाल  काठमाडौं, पिङ्गलास्थान
फोनः ९८४१७६५९७३

1 तपाईको प्रतिक्रिया???लेख्नुहोस:

Anonymous said...

mitho chha lekdhai janu hola

Post a Comment

कृपया,सभ्य भाषामा कमेन्ट दिनुहोला ।